कर्पोरेट/पर्यटन

चन्द्र ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा विजयी

नेपाली उद्योगी, व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । आइतबार बिहान सम्पन्न मतगणनामा ढकालले आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्नुभएको हो ।

महासङ्घको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको थियो । महासङ्घको निर्वाचन समितिका अनुसार विजयी हुनुभएका ढकालले ३० प्रतिशत मत भार रहेको एशोसिएटमा ५२२ मत प्राप्त गर्दा प्रधानले ३७५ मत पाउनुभएको थियो ।

यस्तै २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ मत र प्रधानले ३९ मत प्राप्त गर्नुभयो । त्यसैगरी ५० प्रतिशत मतभार रहेको जिल्लारनगरतर्फ ढकालले ५२ मत तथा प्रधानले ५३ मत प्राप्त गर्नुभयो ।

निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा विजयी ढकालले समग्रमा ५४.२६ प्रतिशत मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी प्रधानले ४५.७४ प्रतिशत मत प्राप्त गर्नुभयो ।

यो विजयसँगै ढकाल महासङ्घको २०औँ अध्यक्ष बन्ने निश्चित भएको छ । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष बन्ने व्यवस्था छ । सोही विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अध्यक्षको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ ।

वरिष्ठ उपाध्यक्षसहित अन्य पदका लागि ढकाल र प्रधान समूहले प्यानल नै बनाएर उम्मेदवारी दिनुभएको थियो । त्यसमा वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ विजयी हुनुभयो । उहाँहरु दुुवै जना प्रधान समूहबाट निर्वाचनमा भाग लिनु भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.