जन सरोकार

तीन वर्षीया बालिका बलात्कार गर्ने १४ वर्षीया बालकलाई छ महिना कैद

खेल्ने क्रममा साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत सप्तरीले १४ वर्षीय एक बालकलाई छ महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलाशले गत कात्तिक २४ गते कसुर ठहर भई सजाय निर्धारणका लागि पेश भएकामा शुक्रबार कैदसजाय तोकिएको जिल्ला अदालतले जनाएको छ ।

खेल्ने क्रममा घरदेखि उत्तर रहेको पोखरीको डिलमा ०७६ भदौ ६ गते आरोपितले बलात्कार गरेको पीडितले बताएपछि थाहा पाउनुभएकी उहाँकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिनुभएको थियो ।
इलाका प्रहरी कार्यालय कडरबोनाले घटनाको भोलिपल्टै आरोपितलाई पक्राउ गरी उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतको इजलाशले आरोपित बालकलाई पुर्पक्षका लागि ०७६ भदौ १९ गते बालसुधार गृह वीरगञ्ज पठाउने आदेश गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.