राजनीति

एकदिने औपचारिक भ्रमणका लागि चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे काठमाडौंमा

एकदिने औपचारिक भ्रमणका लागि चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आइपुग्नुभएको छ । केही घण्टाका लागि काठमाडौं आउनुभएका उहाँले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने र आइतबारै काठमाडौंबाट फिर्ता हुनुहुनेछ ।

रक्षामनत्री फेङ्हे विमानस्थलबाट सिधै बालुटारस्थित चिनियाँ दूतावासमा जाने र केहीबेर आराम गरेपछि औपचारिक भेटवार्ताका लागि निस्किने कार्यक्रम छ । उहाँ दिउँसो दुई बजे जंगीअड्डा पुग्ने र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट्ने कार्यक्रम छ ।

जंगीअड्डामा नेपाली सेनाको टोलीले चिनियाँ रक्षामन्त्री फेङ्हीलाई सम्मानगारथ अर्पण गर्ने छ । त्यसपछि प्रधानसेनापति थापालाई शिष्टाचार कल (अफिस कल) गरेपछि चिनियाँ टोली र प्रधानसेनापति थापासहितको नेपाली सेनाको टोलीबीच द्विपक्षीय छलफल हुने छ ।

जंगीअड्डापछि उहाँ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्ने र बालुवाटारपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने कार्यक्रम छ । उहाा राष्ट्रपतिलाई भेटेपछि सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गर्ने कार्यक्रम छ ।

भारतीय विदेश सचिव नेपाल भ्रमण गरी फर्किएलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई कतिपय अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.