कर्पोरेट/पर्यटन

उडिरहेको हेलिकोप्टरमा चिल ठोक्कियो, नुवाकोटमा आकस्मिक अवतरण

उडिरहेको हेलिकोप्टरमा चिल ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ । समाचार अनुसार बागलुङको गलकोटबाट काठमाडौंका लागि उडेको हेलिकोप्टरमा चिल ठोक्किएको हो ।

कैलास हेलिकोप्टर सर्भिसेजको नाइन एनए जेजे हेलिकोप्टरमा एक्कासि चिल ठोक्किएर सिसा फुटेको हेलिकोप्टरलाई नुवाकोटमा सुरक्षित अवतरण गरिएको हो । हेलिकप्टरमा गलकोट नगरपालिका– ३ का वडा अध्यक्ष विरजङ्ग भण्डारी, सोही ठाउँका सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गीता मल्ल सवार हेलिकोप्टरमा चरा ठोक्किएपछि नुवाकोटको बेलकोटगढी गाउँपालिका– ६ मा आकस्मिक अवतरण गरिएको थियो ।

वडा अध्यक्ष भण्डारीले उडिरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि पाइलटले सुरक्षित अवतरण गराएकाले आफूहरु सुरक्षित रहेको बताउनुभयो । ‘हेलिकोप्टरमा एक्कसि चिल ठोक्कियो, पाइलटले सुरक्षित रुपमा फोर्स ल्याण्डीङ गर्नुभयो, आफ्नो हात र खुट्टामा सामान्य चोट लागे पनि सबै सुरक्षित छौं ।’ भण्डारीले भन्नु्भयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.