राजनीति

भीम रावलद्वारा अध्यक्षका लागि उम्मेदवारी दर्ता

घनश्याम भूषालले उपाध्यक्षमा र भीम आचार्यले सचिव पदमा उम्मेदवारी

नेकपा (एमाले)को अध्यक्षका लागि भीम रावलले उम्मेदवारी दर्ता गराउनुभएको छन् । निर्वाचन प्रकिया सुरु भएलगत्तै रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

रावललाई महादेव बजगाईंले प्रस्ताव दुधकला बिष्टले समर्थन गर्नुुभएको छ । यसअघि सर्वसम्मत नेतृत्व चयनका लागि अध्यक्ष केपी ओलीले गर्नुभएको प्रस्ताव रावलले अस्वीकार गर्नुभएको थियो । रावलको प्रतिस्पर्धा केपी ओलीसँग हुनेछ ।

भीम रावलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएसँगै अर्का नेता घनश्याम भूषालले उपाध्यक्ष र भीम आचार्यले सचिवमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति बन्दसत्रमा प्रस्तुत गरेको पदाधिकारी र केन्द्रीय समिति सदस्यहरुको नामावलीमा असन्तुष्ट भएकाहरुले उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button