कमल थापाद्वारा राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा
तीन राप्रपा एकीकरणपछि बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक अध्यक्ष कमल थापाले भोलि (मंसिर १५) देखि काठमाडौंमा हुने पार्टीको महाधिवेशनबाट फेरि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्ष थापाले आफूले नगरी नहुने केही काम बाँकी रहेको र ती काम सम्पन्न गर्न पुनः अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताउनभयो ।
उहाँले भन्नुभयो ‘अधुरा कामलाई अधुरै छाडेर पलायन हुने अनुमति मलाइ छैन । त्यसैले आफूले अध्यक्षहरु पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी र अरु पुराना नेताहरुको पनि आशिर्वाद लिएर उम्मेदवारी घोषणा गर्न आएको हुँ ।
यसअघि राप्रपाको अध्यक्षमा सो पार्टीका एक मात्र सांसद रहेका नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ भने महामन्त्रीमा धवलशमशेर जबराले उम्मेदवारीको घोषणा गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्