कर्पोरेट/पर्यटन
बुद्ध एयरको जहाजमा चरा ठोक्कियो
काठमाडौँबाट पोखराका लागि गएको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ ।
पोखरा विमानस्थलमा अवतरणका क्रममा शनिबार दिउँसो ३.४५ बजे जहाजसँग चरा ठोक्किएको बुद्ध एयर पोखरा स्टेशनका प्रबन्धक गौतम बरालले जानकारी दिनुभयो ।
चरा ठोक्किदा जहाजको ‘पपलरको ब्लेड’ अलिकति कुच्चीएको पनि जहाजका सबै यात्रु र चालक दल सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो ।





प्रतिक्रिया राख्नुहोस्