प्रबास

इन्जाको दोस्रो अन्तर्राष्ट्रिय मिडिया सम्मेलनको निष्कर्ष- संचारक्षेत्र धारासायी भयो

कोभिड १९ का कारण सञ्चार क्षेत्र थिलथिलो भएको तथा करिब ३० अर्ब रुपैयाँको नेपाली मिडिया उद्योग धराशायी बन्न पुगेको बताइएको छ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)को ग्लोबल वेबमिनारमा कोरानाका कारण सञ्चार क्षेत्रमा परेको असरका विषयमा भएको छलफलमा सो निष्कर्ष निकालिएको हो ।

दोस्रो इन्जा ग्लोबल मिडिया कन्फेरेन्सको भर्चुअल उद्घाटन गर्दै नेपाल सरकारका सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङले नेपाली पत्रकारहरु जिम्मेवार हुनुपर्ने बताउनुभयो । पत्रकारिता क्षेत्र गरिमा बढाउन र सञ्चार क्षेत्रमा क्रान्ति ल्याउन सक्नुपर्ने भन्दै पत्रकारिताको वर्तमान अवस्थाको बारेमा गम्भीर समीक्षा गर्ने बेला आएको बताउनुभयो ।

परम्परागत सोच र दृष्टिकोणबाट पत्रकारिता क्षेत्र रूपान्तरित हुनुपर्नेमा जोड दिँदै मन्त्रीले अगाडी भन्नुभयो, ‘सकारात्मक सोचका साथ सभ्य र सुसंस्कृत समाज निर्माण गर्नु पत्रकारिता क्षेत्रको दायित्व हो । आग्रह र पूर्वाग्रबाट नभई ‘मिसन’ पत्रकारिताका लागि रूपान्तरित सोच बनाउनुपर्छ ।’

विश्वमा छरिएर रहेका नेपाली पत्रकारलाई एकीकृत गर्दै सङ्कटमा परेका पत्रकारको हकहित र व्यावसायिक लागि इन्जाले पुर्याउँदै योगदानका मन्त्री गुरुङले प्रशंसा समेत गर्नुभयो ।

सम्मेलनमा प्रेस काउन्सिल नेपालका कावा अध्यक्ष गोपाल बुढाथोकीले ३१ सय बढी पत्रकार बेरोजगार भएको जानकारी दिनुभयो । बुढाथोकीका अनुार ४ सयलाई कोरोनाको संक्रमण भएको छ भने ५ जना पत्रकारको मृत्यु भएको छ ।

त्यसै गरी नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले कोभिडका कारण पत्रकारिताको अवस्था दयनीय बनेको बताए । ‘कोभिडका कारण धेरै रोजगारी गुमाएका छन्, बेतलबी बस्नु परेको बताउँदै सञ्चार माध्यमलाई मात्रै नभएर पत्रकारलाई पनि राहत दिनुपर्ने बताउनुभयो ।

इन्जाका अन्तर्राष्ट्रिय अध्यक्ष गुणराज लुइँटेलले कोरानाको महामारीमा प्रभावित ७८ जना पत्रकारलाई फेलोसिप उपलब्ध गराएर सहयोग गरेको जानकारी दिंदै अठ्यारोमा परेका पत्रकार सहयोग गर्न सधैँ इन्जा तयार रहेको प्रतिबद्धता पनि जनाए । लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि विश्वभर छरिएर रहेका नेपाली पत्रकारको एकजुट हुनेमा एकमत रहेको बताउनुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका संयोजक राजेन्द्र अर्यालले कोभिडका कारण पेशागत र व्यवसायिक संकटमा रहँदै आएका पत्रकारमा स्वास्थ्यको जोखिम थपिएको जानकारी दिंदै पत्रकारहरुले अहिलेसम्म न्यूनतम परिश्रमिक लागि पनि लड्नु दुखद पक्ष रहेको बताउनुभयो ।

इन्जा एसियाका अध्यक्ष टंक पन्त, इन्जा अन्तर्राष्ट्रियका वरिष्ठ उपाध्यक्ष विष्णु शितल, सञ्चारिका समुहकी अध्यक्ष नितु पण्डित लगायतले विश्वभर छरिरहेका नेपाल पत्रकार वर्तमान अवस्थाको बारेमा अवगत गराएका थिए ।

ग्लोबल वेबमिनारमा विश्वभर छरिएर रहेका करिब ९० बढी पत्रकारको सहभागिता रहेको थियो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका घमराज लुइँटेल र विष्णु शर्माले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यतिबेला पत्रकारलाई वर्तमान अवस्थामा स्वास्थ्य र पेशा दुबैको सुरक्षा नभएको तथा २० प्रतिशत सञ्चारकर्मीले रोजगारी गुमाएका छन् । आम्दानीको मुख्य स्रोत विज्ञापनमा ८० प्रतिशत कटौती भएको छ ।

कोभिडका कारण पत्रकारिकाको ९० प्रतिशत विज्ञापन घटेको छ । टेलिभिजनको ४०, रेडियोको ५० र अनलाइन ३० प्रतिशत विज्ञापन घटेको छ । जबकि कुल विज्ञापनको कोभिडभन्दा पहिले २.७५ अर्ब (४० प्रतिशत) विज्ञापन पत्रपत्रिकाले पाउने गरेका थिए भने टेलिभिजनले २.५ अर्ब (३५ प्रतिशत), रेडियोले ७५ करोड (१० प्रतिशत) र अनलाइनले १ अर्ब (१५ प्रतिशत) विज्ञापन पाउँदै आएका थिए ।

प्रेस काउन्सिल नेपालका अनुसार नेपालमा ७८६९ पत्रपत्रिका दर्ता भएका ७४६ नियमित सञ्चालन भइरहेका छन् भने ११२७ रेडियोमा ७ सय चलिरहेका छन् । २०२ टेलिभिजनमा १ सय सञ्चालनमा छन् । २२०० अनलाइनमा २०७७ सञ्चालनमा छन् । सञ्चारमध्याममा एक लाख जनशक्ति रहेकोमा २५ हजार बढी पत्रकार छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.