प्रबास

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका अध्यक्षमा क्षेत्री

कांग्रेस निकट प्रवास सङ्गठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको छैटौँ अधिवेशनले भजिन्द्र क्षेत्रीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपसभापतिद्वयमा लक्ष्मण दाहाल, जीतेन्द्र महता, महामन्त्रीद्वयमा मित्रबन्धु काफ्ले, रामप्रसाद उप्रेती, सहमहामन्त्रीद्वयमा पर्शुराम पौडेल, विकास मल्ल चयन हुनुभएको छ ।

यसैगरी रुपेश कडेल, दिलबहादुर मडै, प्रकाश देवकोटा, बालकृष्ण वान्तवा, महेशबहादुर महरा, सुरेश उप्रेती, हेमन्त साह सदस्यमा चयन भएका छन् ।

हालै सम्पन्न अधिवेशनले केही हप्ता अघिमात्रै यहाँको ८ क्षेत्रमा क्षेत्रीय अधिवेशनसमेत गरेको थियो । प्रत्येक क्षेत्रबाट आरक्षित सदस्यको रुपमा प्रेमसागर पौडेल, तुलसकुमार गुरुङ, भरतमणि पाण्डे, जीत कुँवर, गोविन्द शर्मा, कमलकुमार लिम्बू, युवराज अम्गाईं, हिमाल पौडेल पनि निर्वाचित हुनु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.