खेलफूटबल

इरानलाई स्तब्ध पार्दै अमेरिका अन्तिम १६ मा

कतारमा जारी विश्वकप फुटबलमा अन्तिम १६ मा पुग्ने इरानको लक्ष्य पूरा भएन । मंगलबार राति भएको खेलमा बराबरी गरृ मात्र्र पुग्ने इरानले अमेरिकालाई अन्तिम समयमा रोक्न नसक्दा समुह चरणबाटै बाहिरिन पुग्यो ।

उता जित निकाल्नै पर्ने दवावमा रहेको अमेरिकाका लागि क्रिष्टियन पुलिसिचको गोलको मद्दतले इरानमाथि निर्णायक जित निकाल्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । खेलको ३८औं मिनेटमा डिफेण्डर सेर्गिनो डेस्टको हेडर उपयोग गरी गोललाइनबाट गोल गरेका थिए ।

यस प्रक्रियामा उनी इरानका गोलरक्षक अलिरेजा बेरन्बन्दसँग जुध्न पुग्दा धेरै समयसम्म मैदानमै उपाचार गर्नुपरेको थियो । उनलाई पहिलो हाफपछि सब्सिट्युट गरिएको थियो ।

यो यस्तो खेल थियो जहाँ दुवै टिमका लागि नकआउट चरण प्रवेशको अवसर थियो । अन्तिम १६ मा पुग्न इरानका लागि बराबरी नै काफी थियो । तर, खेल अबधिभर उनीहरुले एकपल्ट मात्र अमेरिकाको पोष्टमा आक्रमण गर्न सके ।

दोस्रो हाफमा सुधारिए पनि इरानले गोल गर्न सकेन । खेलको इन्जुरी समयमा इरानले सबैभन्दा राम्रो अवसर पाएको थियो । मुर्तजा पौरालिगान्जीको फ्रिकक प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो ।

अन्तिममा इरानलाई निराश बनाउँदै अमेरिका विश्वकपमा नकआउट चरणमा पुग्यो । अमेरिकाले चौथोपल्ट विश्वकप खेलेकोमा तेस्रोपल्ट नकआउट चरणमा पुगेको हो ।

सन् १९७८ यता छैटौंपल्ट विश्वकप खेलेको इरान अहिलेसम्म पहिलो चरणबाट माथि उठ्न सकेको छैन । यसपल्ट उनीहरुका लागि सबैभन्दा सहज र ठूलो अवसर थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.