जन सरोकार

बालेनको बाटोमा उपत्यका विकास प्राधिकरण- निकाल्यो ३५ दिने सूचना

काठमाडौँ महानगरपालिकाले थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाउन सुरु गर्दा सो क्षेत्र युद्धमैदान बन्यो भने उच्च राजनीतिक तहले महानगरको यो कामको बिरोध गर्यो ।

राजनीतिक नेताहरुको बिरोधपछि महानगरपालिका प्रमुख बालेन साहले मुखभरीको जवाफ दिंदै सुकुम्बासीलाई भोट बैंक बनाएर उनीहरुको समस्या समाधान नगरेको आरोप लगाउनुभयो ।

यसबीच काठमाडौँ उपत्यका विकास प्राधिकरणले सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र हटाउन सूचना प्रकाशित गरेको छ ।

प्राधिकरणले आज सूचना प्रकाशित गरी उपत्यकाका नगरहरूको पुनःनिर्माण, विकास र विस्तारमार्फत काठमाडौँ उपत्यकालाई व्यवस्थित गर्नका लागि अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन आग्रह गरेको हो ।

उपत्यकामा योजनाबद्ध भौतिक विकासका लागि आधारभूत मापदण्ड तय गर्न काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा ३ बमोजिम काठमाडौँ उपत्यका विकास प्राधिकरण स्थापना भएको सूचनामा उल्लेख छ ।

प्राधिकरणले अतिक्रमण गरी निर्माण गरिएका संरचना नहटाएमा प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लाग्ने लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल-उपर गर्नेसमेत जनाएको छ ।

थापाथली सुकुम्बासी प्रकरण- पहिले हुकुमबासी हटाऊ

सुकुम्बासीहरु भोट बैंक मात्रै रहे : बालेन

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.