जन सरोकार

कात्तिके मेलामा दुई समूहबीच झडप : एकजनाको मृत्यु १२ जना घाइते

कात्तिके पूर्णिमाको अवसरमा लागेको मेलामा दुई समूहबीच झडप हुँदा बाँकेमा एकजनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।

स्थानीय २३ वर्षीय बाबु यादव र २३ वर्षीय राम नरेश गुप्ताबीच पूर्व रिसिबीका कारण भएको विवादमा दुई पक्षबीच झडप हुँदा जानकी गाउँपालिका–५ का गुरूगाउँका ५४ वर्षीय धनीराम यादवको सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोही विवादलाई लिएर दुवै पक्षका मानिसहरु बानियाँगाउँमा भेला भई आपसी झै–झगडा एवं कुटपिट हुँदा धनीराम गम्भीर घाइते भएका थिए । उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

झडपमा परी अन्य १२ जना घाइते भएका छन् । १२ जना घाइते मध्ये दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको र अन्य १० जना सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् ।

सम्बन्धित खबर

Back to top button