जापान
जापानमा गुल्मीका यादवप्रसादको निधन, शनिबार दाहसंस्कार गरिने
जापानमा एक दशकभन्दा लामो समयदेखि परिवारसहित योकोहोमामा बस्दैआएका एक नेपालीको असामयिक निधन भएको छ । समाचार अनुसार गुल्मीको चन्द्रकोट गाउँपालिका स्थायी निवासी यादवप्रसाद अर्यालको निधन भएको हो ।
जापानमा दक्ष कामदारका रुपमा कुकका रुपमा आबद्ध अर्याल श्रीमती र दुई छोरासहित बस्दैआएका थिए । सोमबार गम्भीर अवस्थामा अस्पताल लगिएका अर्यालको सोमबार राति निधन भएको हो ।
अल्पायुमै निधन भएका ४० वर्षीय अर्यालको आउँदो शनिबार जापानमै दाहसंस्कार गरिने गुल्मेली समाज जापानका अध्यक्ष शालिकराम भण्डारीले जानकारी दिनुभयो।
प्रतिक्रिया राख्नुहोस्