राजनीति

राप्रपा महाधिवेशनमा प्रचण्ड र सिपीको जुहारी

विपरीत धारको राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजबाट सुरु भएको छ । महाधिवेशनको उद्घाटन समारोहमा उपस्थित हुनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माले महासचिव सिपी मैनालीबीच राष्ट्रियताको विषयलाई लिएर जुहारी चलेको छ ।

महाधिवेशनलाई शुभकामना दिने क्रममा माले महासचिव मैनालीले नेपालका विभिन्न समयमा भएका परिवर्तनमा विदेशी एजेन्डा पनि सँगै आएको तर्क गर्दै राजा महेन्द्रको प्रशंसा गर्दै उहाँ राष्ट्रवादी भएको बताउनुभएको थियो ।

मैनालीले २०६३ मा माओवादी शान्ति प्रक्रियामा आउँदा पनि भारतका केही एजेन्डा बोकेर आएको दावी गर्दै आफूले पहिला राजाको विरोध गरेर गल्ती गरेको बतानुभयो ।

मैनालीभन्दा पछि शुभकामना मन्तव्य दिनुभएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राप्रपासँग आफ्नो मत नमिले पनि दुबै राष्ट्रवादी भएकाले एउटै गोत्रका भएको बताए।

त्यसपछि उहाँले सीपी मैनालीलाई जवाफ फर्काउँदै भन्नुभयो, ‘म उहाँले भने जसरी त भन्न सक्दिनँ। तर उहाँले नै हो हिजो राजाको विरोध गर्नुपर्छ भनेर टाउको काट्न सिकएको । आज त उहाँले यसरी भन्नुभयो कि मानौं राप्रपाको अध्यक्ष नै हुन लाग्नुभयो। त्यस्तो हो भने उहाँलाई शुभकामना छ।

अध्यक्ष प्रचण्डले हिजोका दिनमा राष्ट्रलाई स्वतन्त्र राख्न नेपालीले देखाएको वीरता र त्यसलाई नेतृत्व गरेका राजा, महाराजामा गर्व गर्न सकिने भए पनि एक्काइसौं शताब्दीमा लोकतन्त्रको परिभाषा बदलिसकेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.