राजनीति

पार्टी यसरी चले अरुको निगाहमा केही सिट जितिन्छ र मुद्दा हराउँछ : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनले पार्टीले जीवन खोज्ने कि मृत्यु रोज्ने भन्ने समय आएको बताउँदै अब कार्यकारिणी भूमिकामा नयाँ अनुहार ल्याउनुपर्ने जिकीर गर्नुभएको छ ।

महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता लिङ्देनले पार्टीका नेता कार्यकर्ताले जीवन रोज्ने कि मृत्यु भनेर निर्णय गर्ने बेला आएको बताउँदै नेतृत्वको चर्को आलोचना गर्नुभयो ।

लिङ्देनले पार्टी यसरी नै चल्ने हो भने पार्टीले बोकेको मुद्दा नै रहन्छ कि रहँदैन भन्ने प्रश्न उठेको बताउँदै यही शैलीमा अगाडि बढ्ने हो भने समाप्तै त हुँदैन तर कसरी ३० प्रतिशत कटाउने र अरु पार्टीहरुसँग मिलेर केही सिट जित्ने भन्नेमा केन्द्रित हुन्छौं भन्नुभयो ।

अध्यक्षको उम्मेदवार नबन्ने अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको निर्णयको स्वागत गर्दै उहाँले फेरि अध्यक्षमा दोहोरिन चाहहनुभएका कमल थापालाई पनि कार्यकारिणी भूमिका दाबी नगर्न आग्रह गर्नुभयो ।

उहाँले शीर्ष नेताहरु काम नलाग्ने भएको, असफल भएको भन्दै नभनेको बताउँदै उहाँहरुको भूमिका अझै पनि चाहिन्छ, तर एकचोटी कार्यकारिणी भूमिका फेरेर हेर्नुपर्‍यो मात्र भनेको स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button