अर्थ

अर्थतन्त्र सुधारोन्मुख छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको बताउनुभएको छ । बजार सुधारका लागि आफूहरु खुला भएको भन्दै उहाँले यसबाट निजी क्षेत्र सशङ्कित हुनुनपर्ने बताउनुभयो ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले विदेशी मुद्रा सञ्चिति बढ्दै गएको र समस्या समाधान भइरहेको बताउनुभयो ।

“समस्या समाधानका लागि हामी खुला छौँ”, उहाँले भन्नुभयो, “केही समस्या छन् भने समाधानका लागि हामी खुला छौँ ।” गभर्नर अधिकारीले गत वर्ष ८८ अर्ब शोधनान्तर घाटा रहेकामा यस वर्ष छ अर्ब बचत रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.