राजनीति

सांसदको सपथ नलिंदै चितवनबासीलाई पानी खुवाउँदै रवि

चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा ठूलो मतान्तरले विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछने चुनावअघि गरेको पानी खुवाउने बाचा पूरा युद्धस्तरमा लाग्नुभएको छ ।

निर्वाचन अघिदेखि नै चितवनमा रहनुभएका लामिछानेले प्रतिनिधि सभा सदस्यको शपथ नलिँदै चितवनको रामनगर, जुगेडी, देवघाट क्षेत्रमा खानेपानीको समस्या समाधानमा लागि पर्नुभएको छ ।

यतिबेला रवि ४७ बर्ष पुरानो खानेपानीको मुहानलाई मर्मत गरेर पानी वितरण गर्ने योजनाका साथ आफैं श्रमदानमा उत्रनुभएको छ । उहाँको अभियानमा स्थानीयबासी तथा सशस्त्र प्रहरीले साथ दिएको छ ।

भरतपुरको जुगेडी पुल भन्दा केही माथि वनमा उक्त पानीको मूहानमा ट्यांकी २८ वर्ष अगाडी बाढीले बगाएर थुनिएको थियो ।

सोही मुहानमा नयाँ पाईप कनेक्सन गरेर जनताको घर घरमा वितरण गर्ने रवि लामिछानेले योजनासहित आप्टारी र रामनगरको बीचमा रहेको खानेपानीको ट्यांकी पनि सफा गर्नुभएको छ ।

यसैबीच आफ्नो बाचा अनुसार खानेपानीको समस्या समाधान गर्न मैदानमा खटिएपछि सांसदको काम त्यो हैन भन्ने टिप्पणी हुन थालेपछि लामिछानेले गर्नुपर्ने निकायले काम नगरेपछि सांसदले नीति पनि बनाउने र त्यो नीति कार्यान्वयनमा मैदानमा पनि उत्रनुपर्छ भन्दै आफू सदन र सडक दुबैतिर रहेर भुइँमान्छेको सेवा गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.