राजनीति

प्रधानमन्त्री देउवा र सिके राउतबीच छलफल, सरकारमा सामेल हुने सहमति

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सप्तरीबाट निर्वाचित जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री देउवासंगको छलफलका लागि कांग्रेस नेता विमलेन्द्र निधि बिहीबार दिउँसो राउतलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमका पुग्नुभएको थियो । निधिले बुधबार अध्यक्ष राउतसँग भेट गर्नुभएको थियो ।

छलफलपछि निधिले ट्वीट गर्दै सकारात्मक र परिणाममुखी वार्ता भएको जनाउँदै गठबन्धन र कांग्रेससंग संघीय र प्रदेश दुबै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ उल्लेख गर्नुभएको छ ।

यसपटकको चुनावमा जनमत पार्टीबाट प्रतिनिधिसभामा अध्यक्ष राउत नै निर्वाचित हुनुभएको छ भने समानुपातिक पद्धतिको मतगणनामा पनि हालसम्मको गणनामा उसले ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.