जन सरोकार
मृत अवस्थामा दुई जना फेला
देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । पाँचथर, फालेलुङ गाउँपालिका-५ स्थित खेदोकखोला र मुवाखोलाको सिमाना दोभानमा उदयपुर त्रियुगा नगरपालिका-१२ गाईघाट घर भएका ३२ वर्षीय विवेक भुजेल शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै मुस्ताङ, थासाङ गाउँपालिका-४ झिप्रा देउराली बस्ने ५० वर्षीय आई बहादुर दमाइ सोही गाउँपालिका-३ लेतेखोला किनारमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्