खेलफूटबल

दुई विश्वविजेता राष्ट्रलाई हराउँदै जापान अन्तिम १६ मा

एसियाली मुलुक जापान कतारमा जारी पिफा विश्वकप फुटबलको दोस्रो चरणमा पुगेको छ । बिहिबार राति भएको खेलमा विश्वविजेता राष्ट्र स्पेनलाई २-१ ले पराजित गर्दै समूहमा शीर्षस्थानमा रहँदै अन्तिम १६ मा पुगेको हो ।

यसअघि जापानले समूह चरणको पहिलो खेलमा विश्वविजेता जर्मनीलाई २-१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा कोस्टारिकासंग पराजय भोगेको थियो ।

जापानको विजयसंगै जर्मनी भने समूह चरणबाटै बाहिरिएको छ । जापान समूह विजेता र ४ अंकका साथ स्पेन उपविजेता बन्दै नकआउट चरणमा पुगेको स्पेनसँग समान चार अङ्क हुँदा पनि जर्मनी भने गोल अन्तरका आधारमा नकआउट चरणमा प्रवेश गर्न सकेन ।

समूह चरणको अन्तिम खेलमा ४(२ को गोल अन्तरले कोस्टारिकामाथि जित हासिल गरेप नि जर्मनी समूह चरणबाट बाहिरियो ।

स्पेनविरुद्धको खेलमा जापानको जितसँगै जर्मनीको नकआउट चरणमा प्रवेश गर्ने योजना सफल हुन सकेन भने कोस्टारिका तीन अङ्कका साथ पुच्छारमा रहँदै समूह चरणबाट बाहिरियो ।

जापान र स्पेनबीचको खेलको ११औँ मिनेटमा स्पेनका लागि अल्भारो मोराताले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । खेलको ४८औं मिनेटमा जापानका लागि रित्सु दोआनले गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसको तीन मिनेटपछि अर्र्थात् खेलको ५१औं मिनेटमा ओ तानाकाले गोल गरेपछि जापानले २(१ को अग्रता लियो । खेलमा त्यसपछि कुनै गोल हुन सकेन र जापान समूह विजेता बन्न सफल भयो ।

सोही समूहको आजै भएको अर्को खेलमा जर्मनी ४-२ गोल अन्तरले कोस्टारिकालाई पराजित गर्न सफल भयो । जर्मनीका लागि खेलको १०औं मिनेटमा सेर्ज जर्नाब्रीले गोल गर्दै खेलमा अग्रता दिलाए ।

खेलको ५८औं मिनेटमा कोस्टारिकाका लागि एल्टसिन तेजेदाले गोल गर्दै खेल बराबरीमा ल्याए भने जुआन प्याब्लोले ७०औं मिनेटमा गोल गर्दै कोस्टारिकालाई २-१ को अग्रता दिलाए ।

जर्मनीका लागि काइ हाभर्टेजले ७३औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए भने ८५औं मिनेटमा दोस्रो गोल गर्दै जर्मनीलाई खेलमा ३(२ को अग्रता दिलाए । साथै, खेलको ८९औं मिनेटमा निक्लास फुल्करुगले गोल गर्दै जर्मनीको जित सुनिश्चित गरे ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.