क्रिकेटखेल

नामिबियाबिरुद्ध ज्ञानेन्द्रको सानदार अद्र्धशतक

नेपाली क्रिकेटका आक्रामक ब्याटर ज्ञानेन्द्र मल्ल लामो समय आफ्नो क्षमता अनुसार प्रदर्शन गर्न चुकेपछि टीममा पर्न छाडे पनि पछिल्ला खेलमा स्तरीय प्रदर्शन गरिरहेका छन् ।

खेल जीवनको उत्तराद्र्धमा पुनः राष्ट्रिय टिममा आगमन गरेका मल्ल आइसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नामिबिया र स्कटल्याण्डसंगको श्रृङ्खलाको पहिलो खेलमा सानदार अद्र्धशतक प्रहार गरेका छन् ।

श्रृङ्खलाको पहिलो खेलमा घरेलु टोलीविरुद्ध पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागि ढिलो रन बनाए पनि ज्ञानेन्द्रले पारी उकास्दै  ९४ बलमा ७ चौका र २ छक्काको मद्दतमा ७५ रन बनाएर आउट भएका छन् ।

नामिबिया बिरुद्धको खेलमा नेपाली टोलीको कप्तानी रोहित पैडेलले गरिरहेका छन् । अन्य खेलाडीमा दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोमपाल कामी, अर्जुन साउद, गुल्सन झा, आरिफ शेख, कुशल भुर्तेल, सागर ढकाल र ललित राजवंशी रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.