जन सरोकार

फर्निचरसहितको कम्प्लेक्समा आगलागी, करोडौँको क्षति

बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा आगलागी भएको छ । सागर डिपार्टमेन्ट तथा फर्निचरसहितको कम्प्लेक्समा भएको आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको छ ।

बडीमालिका नगरपालिका–८ का प्रकाश थापाको कम्प्लेक्समा विद्युत तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिनुभयो ।

आगलागीबाट बडीमालिका–८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहितमा सामान जलेर नष्ट भएको छ । सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो निभाइएको प्रहरी निरीक्षक जोशीले जानकारी दिनुभयो । क्षतिको विवरण यकिन हुन नसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.