राजनीति

तनहुँमा नेता पौडेललाई गिरफ्तार गरेको बिरोधमा काठमाडौंमा प्रदर्शन

बुधबार दिउँसो तनहुँमा पुल उद्घाटन गर्न जानुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेपछि त्यसको बिरोधमा बुधबार सााझ काठमाडौंमा नेपाली कांग्रेसका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।

नेता पौडेललाई पक्राउ र दुर्व्यवहार गरेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय समितिले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । विद्यार्थीहरूले विरोध प्रदर्शन गर्नुको साथै नाराबाजी समेत गरेका थिए ।

तनहुँको पुल उद्घाटनमा जान लागेका नेता पौडेललाई प्रहरीले व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट बुधबार दिउँसो पक्राउ गरेर तीन घण्टापछि रिहा गरेको थियो ।

घटनाको नेपाली कांग्रेसले कडा आपत्ति जनाउँदै सरकारबिरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिनुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.