जन सरोकार

कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरेको छ । शुक्रबार बिहान बोर्डको बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय भएको हो ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले नतिजा सार्वजनिक गर्ने निर्णय भएको बताउँदै नतिजा सिष्टममा अपलोड भैरहेको र केही समयमा हेर्न मिल्ने बताउनुभयो ।

कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो । तीन लाख ८५ हजार विद्यार्थीले परीक्षा दिएका थिए । कोरोनाका कारण पटकपटक स्थगित भएर भदौमा भौतिक रूपमै विद्यार्थी उपस्थित भएर परीक्षा लिइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.