राजनीति

बालेनलाई अरुले साथ देउन नदेउन म दिन्छु : हर्क

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच निर्वाचित भएको केही समय सामाजिक सञ्जालमा वाकयुद्ध चले पनि अहिले एक अर्काको समर्थक बनेका छन् ।

बालेन र आफूबीच मित्रता रहेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरिरहने हर्कले पछिल्लो समय बालेनको पक्षमा रहेको जनाउँदै अरु कसैले साथ नदिए पनि आफूले बालेनलाई साथ दिइरहने प्रतिबद्धता जनाउनुभएको छ ।

काठमाडौंको थापाथलीस्थित वाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने क्रममा भएको झडप र उच्च राजनीतिक नेतृत्वबाट चर्को आलोचना भएपछि हर्कले बालेनको पक्षमा रहेको भन्दै सामाजिक सञ्जालबाट जनाउनुभएको छ ।

हर्कले दलहरुले देश विकास नगर्ने भन्दै घुमाउरो पारामा स्वतन्त्रहरुलाई कामगर्न नदिन घेराबन्दी गरेको भन्दै अब स्वतन्त्रहरु एकजुट हुने बेला आएको बताउनुभएका छ ।

हर्कले लेख्नुभएको छ, “कथाले माग्यो अब ! स्वतन्त्रहरु एक बन्ने बेला आएको छ ! स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ ! त्यो निन्दनीय छ ! यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ !”

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.