मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष बुझाउनुभएको राजीनामा स्वीकृत भएको छ । राजीनामा स्वीकृतसंगै नयाँ सरकारको दावी पेश गर्न आव्हान भएको छ ।
बुधबार प्रदेशप्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार मुख्यमन्त्री पदबाट दिनुभएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्नुभएको छ ।”
प्रदेशप्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गर्नुभएको विज्ञप्तिमा नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको व्यहोरा उल्लेख गरिएको छ ।
नयाँ सरकार गठनका लागि आगामी शुक्रबार साँझ ५ बजेसम्म दाबी पेश गर्न समय सीमा तोकिएको छ । प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।




प्रतिक्रिया राख्नुहोस्