कर्पोरेट/पर्यटन

नेपाल-भारत दैनिक दुई उडान गर्न प्रस्ताव

विश्वका विभिन्न मुलुकहरुसंगको बन्द हवाई उडान संचालनमा आइसकेका बेला नेपाल र भारतबीच अझै सुचारु हुन सकेको छैन । यसबीचमा नेपालले दुबै मुलुकका वायुसेवाले दैनिक एकएक उडान गर्न पस्ताव गरिएको छ ।

समाचार अनुसार नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयमार्फत् त्यहाँको नागरिक उड्ययन मन्त्रालयलाई दुवै देशबाट दैनिक एकएक उडान गरी नेपाल-भारत दैनिक दुई उडानको प्रबन्ध गर्न प्रस्ताव गरेको छ ।

प्रस्ताव अनुसार जुनसुकै सहरमा उडान गरे पनि नेपालले भारततर्फ दिनमा एउटा उडान गर्नेछ भने भारत सरकारले तोकेको विमान सेवा कम्पनीले काठमाडौंतर्फ दैनिक एउटा उडान गर्नेछ ।

नेपालको राष्ट्रिय ध्वजाबहाक नेपाल वायु सेवा निगमले भारतको नयाँ दिल्ली, मुम्बई, बैंग्लोर लगायतका सहरमा उडान गर्दै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.