राजनीति

समानुपातिकमा एमाले पहिलो, नेकपा (एस)लाई थ्रेसहोल्ड कटाउन सकस

प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ नेकपा एमालेको अग्रता कायमै छ । करिब एक करोड ४ लाख १६ हजार मत गणना हुँदा एमालेले पहिलो स्थानमा छ भने एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)लाई भने थ्रेसहोल्ड कटाउन मुस्किल भएको छ ।

प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फ १० स्थानमा विजयी नेकपा (एकीकृत समाजवादी)ले अहिलेसम्म थ्रेस होल्ड कटाउन सकेको छैन ।

उसले दुई लाख ९४ हजारमत प्राप्त गरेको छ । समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार २७ लाख ८६ हजार मत प्राप्त गरी एमाले सबैभन्दा अघि देखिएको हो । नेपाली कांग्रेस २६ लाख ५९ हजार मत प्राप्त गरी दोस्रो स्थानमा रहेको छ ।

यसैगरी ११ लाख ६२ हजार मत प्राप्त गरी नेकपा (माओवादी केन्द्र) तेस्रो र ११ लाख २४ हजार मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ लाख ८६ हजार, जनता समाजवादी पार्टी (जसपा) ४ लाख २० हजार र जनमत पार्टी तीन लाख ९४ हजार मत प्राप्त गरी थ्रेस होल्ड कटाउन सफल भएका छन् ।

थ्रेस होल्ड कटाउन समानुपातिक निर्वाचनमा खसेको कूल सदर मतको तीन प्रतिशत ल्याउनु पर्नेछ । संसदमा १२ दलको प्रतिनिधित्व रहने भए पनि राष्ट्रिय पार्टीको मान्यता अहिलेसम्म सात दलले मात्रै पाउने देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.