राजनीति

नयाँ सरकार गठनमा सबै विकल्प खुला

मंसिर ४ मा सम्पन्न निर्वाचनमा गठबन्धनमा सामेल भएर मुलुकको दोस्रो ठूलो दल बन्ने र नेकपा एमालेलाई सानो दलमा परिणत गर्ने माओवादी र नेकपा एकीकृत समाजवादीको सपना सपनामै सीमित भयो ।

माओवादी तेस्रो दलमा कायम रह्यो भने नेकपा समाजवादी त राष्ट्रिय दल बन्न पनि धौधौ परिरहेको छ । गठबन्धनले अपेक्षाकृत क्षेत्रहरुमाा विजयी हुन नसकेपछि सरकार बनाउने सम्भावनामा नेकपा एमाले पनि समान हैसियतमा रहेको छ ।

यसबीच नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार गठनका सम्बन्धमा सबै विकल्प खुला राख्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सो पार्टीको पदाधिकारीको बैठकले सरकार गठनका सम्बन्धमा गठबन्धन र अन्य सबै विकल्प खुला राख्ने निर्णय गरेको छ ।

बैठकपछि माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले दिनुभएको जानकारीअनुसार यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ । समीक्षामा अपेक्षा गरेअनुसारको नतिजा हासिल हुन नसकेका भन्ने सन्दर्भमा गम्भीर ढङ्गले विषयवस्तु उठेको छ ।

तर समग्रमा भने सबै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएपछि मिहिन तरिकाले समीक्षा गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । उपाध्यक्ष महराका अनुसार हाल कायम रहेको गबठन्धनलाई पनि कायम राख्दै अन्य विकल्पमा पनि छलफल गर्न खुला रहेकामा जोड दिइएको छ ।

उहाँले भन्नुभयो, “नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन छाड्ने भन्ने होइन, तर सरकार गठनका सम्बन्धमा भने सबै पक्षसँग खुलारूपमा छलफल गर्छौँ ।” तर उहाँले गठबन्धन छाड्ने वा तोड्ने भन्ने विषयमा कुनै धारणा नआएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.