जन सरोकारस्वास्थ्य

दोस्रो मात्राको खोप लगाइसकेका सबैले तेस्रो मात्रा लगाउनु

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको दुई करोड खोपको मात्रा मौज्दात रहेको बताउँदै दोस्रो मात्रा लगाइसकेका सबैलाई तेस्रो खोप लगाउन आग्रह गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी) रोशी गाउँपालिका–६ को वडा भेलालाई सम्बोधन गर्दै ‘बुष्टर’का रूपमा दोस्रो मात्रा खोप लगाएकालाई तेस्रो खोप लगाउन आग्रह गर्नुभएको हो ।

मन्त्री खतिवडाले नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिम बढिरहेका बेला तेस्रो खोप लगाउन अनिवार्य भइसकेको बताउनुभयो । “कोरोनाको तेस्रो लहरको जोखिम बढिसक्यो, स्वास्थ्य मापदण्ड कायमै राख्नुस्, अनि खोप अनिवार्य लगाउनुहोला”, उहाँले भन्नुभयो ।

मन्त्री खतिवडाले हालसम्म ६ हजार केन्द्रबाट खोप लगाउने काम भइरहेको उल्लेख गर्दै आगामी पुस १ गतेदेखि १९ हजार केन्द्रमा खोपको व्यवस्था गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “खोप जत्ति पनि उपलब्ध भएकाले लगाउन स्वास्थ्य केन्द्र जान सबैमा आग्रह गर्छु ।”

मन्त्री खतिवडाले फरक प्रसङ्गमा निर्वाचनलगायत गतिविधिमा वामपन्थी एक भएर अघि बढ्ने जिकिर गर्नुभयो । “एमालेबाहेक हामी एकै ठाउँमा हुन्छौँ,” उहाँले भन्नुभयो । एमालेबाट कम्युनिष्ट आन्दोलन सम्भव नभएकाले अर्को दल खोल्नुपरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं काभ्रेपलाञ्चोक सह–इन्चार्ज मुकुन्द गौतम, जिल्ला सदस्यद्वय जगत तामाङ र विशाल तामाङ, रोशी गाउँपालिकाका इन्चार्ज लार्साङ तामाङ, रोशीका अध्यक्ष जगत शाह, उपाध्यक्ष राजेन्द्र तामाङलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.