जन सरोकार

आरुबारीमा ज्येष्ठ नागरिकका आधारभूत आवश्यकता र स्याहार प्रशिक्षण

पारिवारिक विखण्डनले आक्रान्त नेपाली समाजमा ज्येष्ठ नागरिकहरुको हेरचाह र स्याहार ठूलो समस्या बन्दै गएको छ । संयुक्त परिवारको अभ्यास एकल हुँदै जाँदा ज्येष्ठ नागरिकको स्याहारका लागि पालिकास्तरबाट अग्रसरता लिन थालिएको छ ।

यसै क्रममा काठमाडौंको गोकर्णेश्वर नगरपलिका वडा नं. ९ आरुबारीमा महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि ज्येष्ठ नागरिकहरुको स्याहारका लागि अभिमूखीकरण तालिम दिइएको छ ।

आफ्ना सन्तान घरभन्दा टाढा रहेका र अरुबाट हेरचाह हुनुपर्ने ज्येष्ठ नागरिकको आधारभूत आवश्यकता, स्याहार तथा सहयोग उनीहरुको घरमै गएर कसरी गर्ने भन्ने विषयमा दुई दिने प्रशिक्षक तथा प्रशिक्षण तालिम दिइएको हो ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ९ को साझेदारीमा अँगालो ज्येष्ठ बहुमूल्य प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षक प्रशिक्षणमा सोही वडामा कार्यरत महिला स्वयंसेविधाहरुलाई आधारभूत तालिम दिइएको थियो ।

डा. मञ्ज सिंह रानाको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का अध्यक्ष राजिब थापाको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षणमा महिला स्वास्थ्य स्वयंसेविकाका साथै  जनप्रतिनिधिहरुको उपस्थिति थियो ।

प्रमुख अतिथिको आशनबाट वडाध्यक्ष थापाले तालिममार्फत ज्येष्ठ नागरिकहरूको घरमै स्याहार, स्वास्थ्य अवस्था पहिचान, प्राथमिक उपचार, मनोसामाजिक सहयोग, पोषण, शारीरिक व्यायाम, स्वच्छता तथा परिवार–समुदायको भूमिकाबारे विस्तृत जानकारी प्रदान गरेको बताउनुभएको छ।

वडाध्यक्ष थापाले यस्ता कार्यक्रमहरु अति आवश्यक रहेको र आगामी दिनमा ज्येष्ठ नागरिकका आधारभूत आवश्यकता र उनीहरुको हेरचाहका विषयमा परिवारका सदस्यलाई पनि प्रशिक्षण दिने योजना रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.