राजनीति

सरकारले चाहेको आवश्यक सहयोग गर्न जापान तयार

प्रधानमन्त्री सुशीला कार्कीसंग नेपालका लागि जापानका राजदूत मायदा तोरुले ले शिष्टाचार भेट गर्नुभएको छ । भेटका अवसरमा राजदूत तोरुले नेपाल सरकारलाई आवश्यक सहयोग गर्न जाापान तयार रहेको बताउनुभयो ।

शुक्रबार सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा राजदूत तोरुले सरकारको समयमै चुनाव गराउने संकल्पको प्रशंसा गर्नुभयो ।

नेपाल-जापान सम्बन्धको ७० औं वर्षगाँठ मनाउनेबारे छलफल गर्नका लागि राजदूत तोरुले प्रधानमन्त्री कार्कीलाई शिष्टाचार भेट गर्नुभएको हो

त्यस क्रममा प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकास लगायत विविध क्षेत्रमा पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि निरन्तर सहयोग र सद्भाव रहने विश्वास व्यक्त गनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.