राजनीति
जेनजी आन्दोलनपछि पहिलोपटक देउवा-ओली भेटवार्ता
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलोपटक तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।
एमाले अध्यक्ष ओली सभापति देउवालाई भेट्न महाराजगञ्जस्थित निवास जानुभएको थियो । शुक्रबार भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ ।
भेटमा सभापति देउवा धर्मपत्नी एवं कांग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य सहभागी हुनुहुन्थ्यो ।





प्रतिक्रिया राख्नुहोस्