राजनीति

महाधिवेशपछि एमाले एकताबद्ध भएको छ : सचिव भट्टराई

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले चितवनमा भएको महाधिवेशनबाट एमाले एकताबद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेर फर्केको बताउनुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई

भरतपुरमा आज प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले एमालेले महाधिवेशनबाट आर्जन गरेको शक्ति आगामी निर्वाचनमा देखिने उल्लेख गर्दै ५० प्रतिशत बढी स्थानीय तहमा जित्ने र सङ्घ तथा प्रदेशमा पनि बहुमत हासिल गर्ने लक्ष्यकासाथ एमाले हिँँडेको बताउनुभयो ।

एमालेको महाधिवेशनको उद्घाटनसत्रमा सात लाख बढी जनता सहभागी भएको जिकिर गर्दै उहाँले भन्नुभयो, “हामीले रकेर्ड बनाइसक्यौँ, त्यो रेकर्ड तोड्न नसकेरै कांग्रेसले आफ्नो महाधिवेशन र माओवादीले राष्ट्रिय सम्मेलनमा जनसभा, जनप्रदर्शन नगर्ने निर्णय गरेका छन् ।”

उहाँले गठबन्धन सरकारकै कारण चौतर्फी लोकतान्त्रिक मूल्यमान्यता भत्किरहेको आरोप लगाउनुभयो । भागबण्डाको राजनीतिले कार्यपालिका ध्वस्त बनेको उहाँको भनाइ छ । भट्टराईले सार्वजनिक खरिद ऐन संशोधनप्रति आपत्ति जनाउनुभयो ।

उहाँले कम्युनिस्ट पार्टी स्थापना भएदेखिको कम्युनिस्टको लिगेसी एमालेसँग रहेको बताउनुभयो । “जुन साख एमालेले जोगाएको छ र जनताको भरोसा एमालेमा मात्र छ, नेकपा विघटन भएपछि एमाले नै नेकपाको लिगेसी कायम राखेको छ”, उहाँले भन्नुभयो । अब नेपालमा एमाले र कांग्रेसको मात्र प्रतिष्पर्धा हुने उहाँले बताउनुभयो ।

सो क्रममा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले पार्टीको १०औँ महाधिवेशनबाट देश नै खुसी बनेको बताउनुभयो । उहाँले चितवनमा सम्पन्न एमालेको १०औँ राष्ट्रिय महाधिवेशन सानदाररुपमा सफल भएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.