प्रबास

वरिष्ठ कवि कोमल मल्ललाई अभिव्यक्ति शृङ्खला सम्मान

 नेपाली साहित्य विकास परिषद् यूकेका अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्ल अभिव्यक्ति शृङ्खला सम्मान २०२१ बाट सम्मानित हुनुभएको छ ।

नेपाली प्रतिभा प्रतिष्ठान युकेद्वारा हरेक वर्ष एकजना स्रष्टालाई प्रदान गरिदै आएको उक्त सम्मान यस वर्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्ललाई लामो समयदेखि निरन्तर साहित्य सिर्जनाका लागि प्रदान गरिएको हो ।

नर्थ लन्डन हनीपटलेनस्थित एभ्रेष्ट स्पाइस रेस्टुरामा आयोजित एक समारोहबीच नेपाली प्रतिभा प्रतिष्ठान युकेका अध्यक्ष गणेश राईले स्रष्टा मल्ललाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।

कोभिड सामाजिक दुरी र सुरक्षालाई ध्यानी राखेर सानो सङ्ख्यामा आयोजना गरिएको उक्त सम्मान समारोहमा प्रतिष्ठानका महासचिव देवेन्द्र खरेश, सचिव नाती नरेश र स्रष्टा रामकुमार राईको उपस्थिति रहेको थियो ।

त्यस्तै परिषद्का पूर्व कार्यकारिणी सदस्य तथा नेसाविप नेपाली साहित्य पुरस्कार ट्रस्टकी सदस्य कोहिनूर मल्ल र पूर्व कार्यकारिणी सदस्य ज्ञानेन्द्र राउतको सहभागिता रहेको थियो ।

उक्त अवसरमा नेपाली साहित्य विकास परिषद् यूकेका तर्फबाट नेपाली प्रतिभा प्रतिष्ठान अध्यक्ष गणेश राई लगायतका प्रतिनिधिहरूमा नेपाली साहित्य विपरिषद्को रजत स्मारिका र मायाको चिनो प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button