राजनीति

मान्छे उतार्न त हामी पनि सक्छौं, तर जनतालाई दुःख हुने काम गर्दैनौं

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा आफूले पनि झापादेखि कञ्चनपुरसम्मकै मान्छे उतार्नसक्ने भए पनि त्यसो गरेर जनतालाई दुःख नदिने बताउनुभएको छ ।

देउवाका आलोचक नेताको साझा बैठक

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रधानमन्त्री देउवाले कांग्रेस उदार र जिम्मेवार पार्टी भएकाले कसैलाई दुख नदिने बताउनुभएको छ ।

अहिले कोरोना भाइरसको नयाँ भेरिएन्टको संक्रमणको जोखिम रहेकाले धेरै मान्छे उतारेर महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन । एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन । अहिले कोरोनको नयाँ भेरिएन्ट आइसकेको छ। त्यसैले कांग्रेसले त्यो जोखिम मोल्दैन ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button