राजनीति

प्रस्तावित राजदूतको सुनुवाइमा गोर्खा सैनिकको चर्चा

सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले भारत, संयुक्तअधिराज्य बेलायत र संयुक्तराज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ गरेको छ ।

सरकारले भारतका लागि डा शङ्कर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूतमा प्रस्ताव गरी सुनुवाइका लागि संसद्मा पठाएको हो ।

सुनुवाइका क्रममा प्रस्तावित राजदूतले आफ्नो अनुभव, योग्यता, क्षमता, सोंच र अवधारणा प्रस्तुत गर्नुहुने र त्यसमा संसदीय समितिलाई चित्त बुझेमा उहाँहरुको नाम अनुमोदन हुनेछ ।

यसअघि समितिको आजको पहिलो बैठकमा प्रस्तावित राजदूतको नाम सिफारिमा समाबेशीताको प्रश्न उठाएर उजुरी गर्नुहुने उज्वलकृष्ण श्रेष्ठसँग छलफल गरिएको थियो ।

ती मुलुकमा यसअघि रहनुभएका राजदूत नीलाम्बर आचार्य, डा युवराज खतिवडा र लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएपछि त्यहाँ नेपाली राजदूत खाली रहदैआएको छ ।

सुनुवाइका क्रममा बेलायतका लागि प्रस्तावित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसंग नेताहरुले गोर्खा सैनिकहरुको अधिकारको पक्षमा काम गर्न आग्रह गर्नुभएको थियो ।

संसदीय सुनुवाइ समितिको बैठकमा आचार्यको सुनुवाइका क्रममा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ लगायतले बेलायती सेनामा कार्यरत र सेवा निवृत्त भएका नेपाली नागरिकको समान पेन्सन लगयतका समस्या समाधान गर्न आग्रह गर्नुभएको हो ।

एमाले उपाध्यक्षसमेत रहेका पाण्डेले बेलायतबाट नेपालमा लगानी ल्याउने विषयमा पनि पहल गर्न आचार्यलाई आग्रह गर्दै गैर आवासीय नेपालीसँग नेपालमा लगानीका बारेमा छलफल गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button