कला/मनोरन्जनकलिउड

गीत सङ्गीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्छ

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मौलिकतामा आधारित गीत, सङ्गीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ ।

स्वरसम्राट नारायण गोपालको ३२औँ पुण्यस्मृतिका अवसरमा नारायणगोपाल सङ्गीत कोष र सांस्कृतिक संस्थाले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नेपाली गीत, सङ्गीतमा मौलिकता हराउन लागेको यसलाई जोगाउनुपर्ने बताउनुभयो ।

काठमाडौँ क्षेत्र नं ५ बाट नवनिर्वाचित सांसद पौडेलले मौलिकतासँग नजोडिएको सभ्यता, संस्कृति र मानव बस्ती हुन नसक्ने उल्लेख गर्दै पछिल्लो पुस्तालाई मौलिकतामा आधारित गीत सङ्गीत हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।

मौलिकतामा आधारित गीत, सङ्गीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्ने वातावरण राज्यले बनाउनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले गीतकार तथा सङ्गीतकारले राष्ट्रको प्रतिविम्ब झल्काउने बताउनुभयो । गीतकार, सङ्गीतकारलाई सम्मान गर्न राज्यले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

नेता पौडेलले पश्चिमा राष्ट्रले आफ्नो सभ्यतासँग जोडेर सङ्गीत र गीतको विकास गरिरहेको भए पनि नेपाली गीत, सङ्गीत पछाडि परिरहेको उल्लेख गर्नुभयो । सोही अवसरमा नेपालको गीत सङ्गीतको क्षेत्रमा विशेष योगदान दिने व्यक्तिलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.