राजनीति

मिश्रको चुनाव खर्च साँढे २४ लाख, बचेको ८ लाख ५० हजार रुपैयाँ कोषमा राख्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष तथा तथा काठमाडौँ क्षेत्र नं बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रले आफ्नो चुनाव खर्च सार्वजनिक गर्नुभएको छ ।

आज सामाजिक सञजालबाट एक विज्ञप्ति मार्फत मिश्रले चुनावका लागि कूल सहयोग लगभग रू ३३ लाख प्राप्त हुन गएको र सोमध्ये २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण निर्वाचन आयोग समक्ष पेश गरेको जानकारी दिंदै खर्चपश्चात बचेको लगभग रू ८ लाख ५० हजार ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’मा जाने बताउनुभएको छ ।

मिश्रले व्यापक प्रतिकूलतामाझ पनि ममाथि विश्वास गर्ने काठमाडौँ क्षेत्र नं एकका मतदाताप्रति आभार प्रकट गर्न मेरा पछिल्ला दुई पुस्तक (विचारभन्दा माथि देश र राजनीतिसँगै राजकाज)बाट प्राप्त हुने लेखकश्व र त्यसमा थप रकम जोडेर रू २५ लाखको सीड मनि (बीज पैसा) बाट ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ स्थापना गर्ने घोषणा मैले निर्वाचन लगत्तै गरेको स्मरण पनि गराउनुभएको छ ।

मिश्रले विज्ञप्तिमा सोही क्षेत्रबाट २०७४ सालको निर्वाचन लड्दा रू २१ लाख ५० हजार खर्च गरेको र चुनावी अभियानका क्रममा प्राप्त भएको बढी रकम पार्टीलाई बुझाएको जानकारी गराउँदै २५ लाखभन्दा बढी रकम संकलन भैसकेकाले अब सहयोग नगर्न अपील गरेको स्मरण गराउनुभएको छ ।

निर्वाचनमा करोडौँ करोडको अपारदर्शी खर्चका कारण झनझन चुनावी विकृति बढिरेहको सन्दर्भमा निर्वाचनमा प्राप्त सहयोग, भएको खर्च र बचेको रकमबारे सबै उम्मेदवारले इमानदारीपूर्वक पारदर्शी हुने हो भने मात्र पनि निर्वाचन सुधार र लोकतन्त्रको उन्नयनमा उल्लेख्य रूपमा सकारात्मक असर पर्ने पनि उहाँले उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.