जापानसूचना/प्रविधि

जापानमा विकसित भयो जमिनमा माछापाल्ने प्रविधि

माछापालन भन्नासाथ पोखरी, ताल वा ठूला जलासयलाई बुझिन्छ । सबैलाई थाहा छ माछा पानी बाहिर जीवित रहन सक्दैन । तर, जापानको एक कम्पनीले जमिनमै माछापाल्ने प्रविधिको विकास गरेको छ ।

जापानको प्रमुख दूरसंचार कम्पनी एनटिटी कम्युनिकेशनले जमिनमा माछा पाल्ने एक प्रणालीको विकास गरेको हो । एनटिटीले  जापानको ओकिनावाका एक माछापालक किसानसंग मिलेर विकसित गरेको सो प्रणाली विक्री गर्न सुरु गरिसकेको छ ।

यो प्रणालीबाट थोरै जमिनमा पनि माछा पाल्न सकिन्छ । यसको कारण बताउँदै कम्पनीका अधिकारीहरुका अनुसार यो प्रणालीमा पानी छान्नका लागि ब्याक्टेरियाको प्रयोग नगरिएको हुँदा छान्ने ट्यांकीको आवश्यकता पर्दैन ।

विकसित प्रविधिमा माछापाल्ने ठाउँमा एक सेन्सर राखिएको छ, जसले ट्यांकभित्र पानीको तापक्रम र अक्सिजनको मात्रा मापन गर्नेछ भने यसलाई कम्युटर तथा ट्याबबाट वास्तविक तथ्यांक हेर्न सकिनेछ ।

एनटिटीका अध्यक्ष केइयची यामामोताले यो प्रणालीबाट मत्यपालनको स्थानीय अर्थव्यवस्थालाई अरु समृद्ध बनाउन विशेष कडी बन्ने विश्वास लिनुभको छ ।

उहाँले भन्नुभएको छ “जब माछा कुनै क्षेत्रको स्थानीय ब्राण्ड बन्ने छ, यसलाई उपभोग गर्न मानिसहरु आउने छन् र माछापालकहरु अरु बढी उत्साहित हुनेछन् ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.