राजनीति

कमल थापाको सुझाव- राजा आउ देश बचाउ हैन जनता आउ राजा ल्याउ, देश बचाऔं

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन रहने बताउँदै हालैका प्रदर्शनमा लागेको नारा ‘राजा आऊ देश को साटो जनता आऊ राजा ल्याऊ देश बचाऔँ भन्न सुझाव समेत दिनुभयो ।

सोमबार पार्टी कार्यालयमा भएको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण समारोहमा अध्यक्ष थापाले स्वःस्फूर्त रुपमा देशभर भएको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको बताउँदै सो सुझाव दिनुभएको हो ।

राजसंस्था र हिन्दु राष्ट्र राजनीतिक स्वार्थ नभएर देशको अस्तित्व, पहिचान र सार्वभौमिकतासँग जोडिएको विषय भएको दाबी गर्दै थापाले चुनाव चिन्ह हलो भएकोमा दुःख मनाउ गर्नुपर्ने अवस्था नभएको समेत बताउनुभयो ।

‘हिन्दु राष्ट्रको नारा बोकेकाले गाई चुनाव चिन्ह चाहे पनि पार्टी एकताका लागि हलो स्वीकार गर्‍यौं । हामीले अवलम्बन गरेको हलोको पनि सामाजिक आर्थिक र धार्मिक महत्व छ । ‘हलो भनेको भगवान बलरामको प्रतीक हो । हामीले यो चिन्ह कायम गर्ने सौभाग्य पायौं, यसमा आत्मग्लानी गर्नुपर्ने कारण छैन ।

कार्यक्रममा अर्का अध्यक्ष पशुपति शमशेर जबराले सरकारले सिन्को पनि नभाँचेको आरोप लगाउँदै मुलुक अहिले नराम्रो अवस्थामा पुगेको र दुई तिहाई सरकार दुई वर्षमा दिशाहीन उपलब्धिहीन बाटोमा रहेको टिप्पणी गर्नुभयो ।

अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रपति विद्यादेवी भण्डारी एउटा पार्टी र त्यसमा पनि एउटा समूहको जस्तो मात्र देखिएको आरोप लगाउँदै नेपालका लागि, संवैधानिक राजतन्त्रको आवश्यकता रहेको बताउनुभयो ।

सम्बन्धित खबर

Back to top button