जन सरोकारस्वास्थ्य

आठसय जनाको सफल मिर्गौला प्रत्यारोपण

भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सोमबारसम्म ८०० जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । केन्द्रले नौ वर्षको अवधिमै यो सफलता हासिल गरेको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

विसं २०६९ माघ ६ गतेदेखि मिर्गौला प्रत्यारोपण सुरु गरेको यस केन्द्रमा प्रत्यारोपणमा अङ्गदातातर्फ १०० प्रतिशत सफलता हासिल गरेको र मिर्गौला प्रत्यारोपणतर्फ ९८ प्रतिशत सफलता प्राप्त भएको छ ।

केन्द्रमा वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा श्रेष्ठ, वरिष्ठ नेफ्रोलोजिष्ट डा कल्पना श्रेष्ठ, प्रमुख कन्सल्टेन्ट युरोलोजिष्ट तथा प्रत्यारोपण सर्जन प्रा डा राकेशकुमार बर्मा, एनेस्थेसियोलोजिष्ट डा आरती राई, निमित्त नर्सिङ निर्देशक कोपिला दाहालको टोलीले प्रत्यारोपण गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.