जन सरोकारस्वास्थ्य

ओमिक्रोनको उत्परिवर्तित संख्या धेरै र पुनः सङ्क्रमणको जोखिम उच्च

अघिल्लो महिनाको २४ तारिखमा दक्षिण अफ्रिकामा देखिएको कोरोनाको उत्परिवर्तित नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि देखिएपछि एक कसिमको त्रास उत्पन्न भएको छ ।

विश्वका नेपालसहित ४० देशमा फैलिसकेको ओमिक्रोन भेरियन्टको उत्परिवर्तित संख्या धेरै र पुनः सङ्क्रमण हुने जोखिम बढ्ने विज्ञहरुले बताएका छन् ।

आनन्द वन अस्पतालमा अनुसन्धान वैज्ञानिक तथा कोभिड–१९ प्रयोगशाला प्रमुख डा सन्तोष दुलाल ओमिक्रोन भेरियन्टको म्युटेसन डेल्टा, अल्फा, बिटा डेल्टा गामाको म्युटेसन यसमा भएको र त्यसको गुणहरू पनि भएकाले छिटो फैलन सक्ने अनुमान गरिएको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ- “सार्स कोरोना भाइसर सुक्ष्म विषाणु हो । यसलाई बाच्नको लागि कुनै पनि कोषिकाको आवश्यकता पर्छ । यो आफै बाच्न सक्दैन । यो कोषिकामा निर्भर पर्छ । भाइरसले कोषिकामा बाधिएर खानेकुरा लिने र अरु भाइरसलाई जन्माउने गर्दछ र अत्यन्त परिवर्तनशील हुन्छ । यसले आफूलाई म्युटेशन गराइराख्छ ।”

कोरोना भाइरस सुरुमा देखा पर्दा एल टाइप भनेर देखिएको थियो । विस्तारै एस, जि र अरु भेरियन्ट अफ कन्सर्नहरु र उत्परिवर्तितहरु डेल्टा, अल्फा, बिटा, डेल्टा, गाम त्यसकै म्युटेनको स्वरुप अहिले ओमिक्रोन भेरिएन्ट आएको डा दुलाल बताउनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button