बिचार

के.पी. ओली : एक रहस्यमय व्यक्तित्व

मैले देखेका के.पी.

भाइहरुबाट धेरै पहिले झापा काण्डका नायकको रुपमा नाम सुनेका के.पी. ओलीलाई २०४८ सालको वरिपरीतिर एमालेको शक्ति प्रदर्शनको कार्यक्रमको बेलातिर पहिलोपटक भेटेको थिएँ । खुलामञ्चमा मदन भण्डारी, मैनाली वन्धु, मनमोहन आदि हुनुहुन्थ्यो । त्यसबेला खुलामञ्च र रत्नपार्कका वीचको सानो बाटोबाट वारपार गर्न रोकावट थिएन । खुलामञ्चको सामुन्ने त्यही सानो बाटो छेउको धुपीको बोटको छायामा सायद कृष्ण आचार्य– जसलाई हामीहरु रारावाला कृष्ण आचार्य भन्दथ्यौं– ले हो जस्तो लाग्छ “ताराजी ! “वहाँ के.पी. ओली कमरेड हुनुहुन्छ” भनेर चिनाई दिनुभएको थियो ।

त्यहाँ ४–५ जना अरु पनि वहाँसँग उभिएर भाषण सुनिरहेका थियौं । सी.पी. कि को भाषण गरिरहनु भएको थियो । सायद वहाँलाई भाषणकर्ता मन नपरेको थियो, अथवा बोलेका कुरामा चित्त बुझिरहेको थिएन ? ध्यानपूर्वक भाषण सुन्दै बीचबीचमा निषेधात्मक टिप्पणी, त्यो पनि साथीहरुलाई सुनाउने हिसावले भन्दा पनि भाषणकर्ताको भनाईप्रति आफ्नो मनको आक्रोश व्यक्त गर्ने स्वरमा आइरहेको थियो । हामी त्यहाँ मुस्किलले एक घण्टा बस्यौं । त्यसपछि “अब खुट्टा पनि थाके, जाउँ” भनेर हामी लाखापाखा लाग्यौं । के.पी. जी भाषण सुन्दै हुनुहुन्थ्यो ।

जान्न थालेका के.पी. ओली

मनमोहन माले नेताहरुसँग एकीकरण गर्ने पद्धति, प्रक्रिया र नेतृत्व बाँडफाँड सम्बन्धी विषयमा छलफल गरेर आउनु भएको रहेछ । “मदनको सोच र विचार खुला र अत्यन्त उदार छ । मालेका अरु केहीको कुरा सुन्दा उनीहरुमा ‘हामीहरुको निकै ठूलो दल र संगठन छ, माक्र्सवादीको त नेताहरु मात्र त हुन् नी !” भन्ने घमण्ड देखियो । मदन भने “हामी ससम्मान र उदार” भएर एकीकरणमा जानुपर्छ” भन्नेमा नै अडीग रहेको पाएँ । अब २÷३ दिनमा हामी आन्तरिक छलफल गर्छाै । त्यस लगत्तै एकीकरणको समग्र पक्षमा फाइनल मोडेलमा छलफल गरौंला, भनेका छन् । आजको प्रगति यही हो । ल अब कतिजना साथीहरु आउँदै हुनुहुन्छ, चाँडै बैठक सकेर जाउँ” भन्नुभयो । त्यसरी बैठक शुरु हुने संकेत पाएपछि हामी बाबुछोरा बाटो लाग्यौं ।

प्रसङ्ग के.पी. ओली सम्बन्धी थियो । त्यसैले चर्चा त्यतै केन्द्रित गरौं । खुलामञ्चमा संक्षिप्त परिचय र भेटपछि वहाँसँग लामो समयसम्म भेटघाट भएन । त्यसैबीचमा दासढुंगामा मोटर नारायणीमा खस्यो । महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको मृत्यु भयो । यसै पनि अस्वाभाविक रुपमा विपरित किनारापट्टी गएर नदीमा गाडी खस्नु, त्यसमा पनि अन्यत्र कतै नथुपारिएको बालुवा र धानको भूसको थुप्रो त्यहीं देखिनु, ड्राइभर अमर लामा सकुशल बच्नु र उनको तत्काल उद्धार गरी गरी सुरक्षित साथ अस्पताल पु¥याइनु, जस्ता कारण वा घटनावालीले न्यायिक छानवीनको माग राखी विद्यार्थी संगठनले उग्ररुपमा आन्दोलन शुरु गरें । सरकारले सर्वाेच्च अदालतका न्यायाधीश प्रचण्डराज अनिलको अध्यक्षतामा जाँच बुझ आयोग गठन ग¥यो । त्यो आयोगले पनि आफूलाई तोकिएको म्यादभित्र सरकारलाई प्रतिवेदन बुझायो । त्यो प्रतिवेदनले समस्या सुल्झाउनुको साटो आम कार्यकर्तादेखि सर्वसाधारण जनताको जिज्ञाषा मेटाउन नसकी उनीहरुलाई उत्तेजित र आक्रोशित पार्ने मात्रै काम ग¥यो । जसलाई बलेको आगोमा तेल थप्ने काम भए गरिएको रुपमा लिइयो । ठाउँ ठाउँमा गोली चल्यो कैयन् मान्छे मारिए ।

त्यसको प्रतिक्रिया स्वरुप ने.क.पा. एमालेले आफ्नैै तर्फबाट छानवीन गर्ने निर्णय ग¥यो । जसको संयोजकमा के.पी.ओलीलाई तोकियो । नागरिकहरुको तर्फबाट छुट्टै, “स्वतन्त्र नागरिक छानवीन समिति” एमालेकै टिकट र निर्वाचन चिन्ह लिएर सांसदमा निर्वाचित पद्मरत्न तुलाधारको नेतृत्वमा गठन भयो । परिणाम वा निष्कर्ष ! ३ वटै आयोग÷समितिबाट “थप गम्भीर रुपमा विज्ञहरुबाटै अनुसन्धान गर्नु उपयुक्त हुने” भन्ने बाहेक केही आएन । मदनको मखट वा क्षतिपूर्ति स्वरुप विद्या भण्डारीलाई मदनले जितेर खाली हुन पुगेको काठमाडौंको निर्वाचन क्षेत्र नं. १ दिइयो । उहाँले कृष्णप्रसाद भट्टराईलाई नै दोस्रो पटक पराजयको पीडा भोगाउनु भयो । त्यस बाहेक जतिपटक एमाले सरकारमा सहभागी हुने अवसर पायो विद्याजीलाई मन्त्री पदमा पु¥यायो । कसैलाई त्यसबेलासम्म विद्यालाई उठाउने र सरकारमा पठाउनेमा नेतृत्व पंक्तिभित्र को थिए, धेरैलाई सायद थाहा थिएन ।

२०५४ मा ने.क.पा. एमालेको छैटो महाधिवेशन नेपालगञ्जमा राखियो । “पाँचौ अधिवेशनमा पूर्व ‘माले’वालाहरुले मनमोहनलाई अध्यक्ष नवनाउने षड्यन्त्रको खेल खेलिरहँदा र जालझेल गर्दै गर्दा, जसरी २०४९ सालमा मदन भण्डारीले “मनमोहन अधिकारीले अध्यक्ष पदमा उम्मेदवारी दिनु हुन्न र साथीहरुले वहाँलाई उम्मेदवार बन्न सहमत गराउनु हुन्न भने मैले पनि महासचिव पदमा उम्मेदवारी दिन्न” भनेर जुन अति उच्च आदर्शपूर्ण अडान लिनुभयो । साथीहरुले नेपालगञ्जमा पनि त्यस्तै उदाहरणीय उदारता देखाउन सक्नुभएन भने फर्किएर आउँदा पार्टी फुटाएर आउनुभएको हुनेछ । यद्यपि आफू वहालवाला सरकारी अधिकृत भएकोले मेरो प्रत्यक्ष सरोकार र चासोको विषय थिएन” छैटौ महाधिवेशनमा प्रतिनिधिहरुको नेतृत्व गर्दै जानु लाग्नु भएका का.म..पा. का मेयर उपमेयरहरुलाई विनम्रतापूर्वक अनुरोध गरेको थिए । त्यसवखत आफू पनि प्रमुख कार्यकारी अधिकृतको रुपमा त्यसै का.म.पा. मा कार्यरत रहेको नाताले मात्र त्यस्तो आग्रह गरेको थिएँ । (त्यस सम्बन्धमा यस पहिलेका स्तम्भमा विस्तृत चर्चा गरिसकेकाले पुन उल्लेख नगरौं ।)

बुझ्न थालेको के.पी. ओली

छैटौं महाधिवेशनबाट फर्किएर आएलगत्तै कमलाजी र मैले मनमोहन अधिकारीलाई भेट्न जाँदा वहाँको अभिव्यक्तिबाट “पार्टी फुटोस्, भन्ने र वामदेवहरुलाई विदा गर्नुमा नै आफ्नो व्यक्तिगत हित हुने देख्नेमा के.पी. ओलीको षड्यन्त्रपूर्ण कुटिल खेलको महत्वपूर्ण भूमिका रहेछ” भन्ने बुझेको थिएँ । २०५० सालको त्यो कहालीलाग्दो रहस्यमय “दासढुंगा” घटनापछि के.पी.जी कुन हदका षड्यन्त्रकारी रहेछन् भन्नेबारे मनमोहनबाट थाहा पाएको थिएँ ।

हुन पनि एकातिर २०५० मा मदन भण्डारीको अवशानपछि पार्टीमाथि आइपरेको संकट अर्काेतर्फ सशस्त्र विद्रोहको मार, आफ्नै पार्टीलाई एकीकृत राख्नुपर्ने कार्य भार वहन गर्दै सशस्त्र विद्रोही समूहलाई समेत अहिंसात्मक (शान्तिपूर्ण) तरिकाले समेटेर एउटा कम्युनिष्ट मूलधार निर्माण गर्नुपर्छ भन्ने अर्जुनदृष्टि र लक्ष्य साथ पार्टीको कमाण्ड थापेका व्यक्ति (महासचिव) हिँड्दै गरेको अवस्था । अर्काेतर्फ पार्टीभित्रकै अथक योद्धा र सशक्त कुशल संगठनकर्ता मानिए– ठानिएका प्रभावशाली नेताहरुलाई पार्टीभित्र ससम्मान बस्न टिक्न नसक्ने स्थिति निर्माण गरी पार्टी ध्वस्त पार्ने षडयन्त्रपूर्ण खेल ! “यस्तो अन्तर विरोधाभासको भासमा भासिँदै रहने हो भने ने.क.पा. “एमाले”बाट आम वामपन्थी वुद्धिजीविमा कस्तो सन्देश जाला ?” मेरो स्वतन्त्र र तटस्थ मनमथिङ्गलभित्र यस्तै अन्तद्र्वन्द्वको आँधी तूफानको झोक्का आइरहेको थियो ।

त्यस्को केही कालान्तरपछि दरवार हत्याकाण्ड भयो । राज्यको संवैधानिक राजमुकुट पहिरिएर राजहिंसासनमा वसेलगत्तै “डी–रेल भएको प्रजातन्त्रलाई लीकमा ल्याई छाड्ने” र “आफूले रचनात्मक राजतन्त्रको भूमिका निर्वाह गर्ने” जुन घोषणा नयाँ महाराजबाट भयो त्यसको चौतर्फी नकारात्मक सन्देश गयो । सुदूरपश्चिमी देशका मित्रहरुले नेपालमा जसरी प्रजातन्त्रको पुनःस्थापना भए लगत्तै डब्ल्यू सी.सी का विभिन्न हाँगा (नेपालभित्र) घुसाएर मिशनरी प्रभाव विस्तार गरी एउटा कालखण्डमा हिन्दू राष्ट्रलाई धर्म निरपेक्षमा रुपान्तरित गर्न सकिन्छ र त्यसका लागि नेपालका हरेक गाउँ शहरको कुना कन्दरासम्म स्थापित एन्.जी.ओ–आइएन्जीओहरुलाई गणतन्त्र र संविधानसभाको न्यूनतम शर्त पूरा गराउन सशस्त्र विद्रोह गर्दै आएका माओवादीका लडाकाहरुलाई सहयोग गर्ने” सन्देश दिए । त्यसरी नै दक्षिणी छिमेकी मित्रराष्ट्र–जस्ले २०४६ सालमा “नेपालका राजाले भूटानको स्थान–मान स्वीकार्ने हो भने नेपालमा शाही राजतन्त्रको सकृय शासनलाई शदियौंसम्म टिकाइदिने, होइन भने नेपाललाई गणतन्त्रतर्फ लैजानबाट आफूले रोक्न वचाउन नसक्ने” सन्देश दिएको थियो । त्यसलाई पूर्ववर्ती राजाले जसरी अस्वीकार गरेर त्यसैको कारण दरवारमा हत्याकाण्ड भयो, भन्ने एकथरीको मान्यता थियो, नवमहाराजका सन्देश र गतिविधिले “मौका परे अर्काे छिमेकीको आडवलमा आफूसँग पौँठेजोरी खेल्ने” छन् भन्नेसम्मको सन्देश आएको सार्वभ्रम दिल्ली दरवारबासीमा बाँकीरहेको रहेछ ।

यसैबीच आफ्नै मूलूकभित्र “विघटित प्रतिनिधिसभाको पुनःस्थापना र शासन सत्ताको अधिकार निर्वाचित संसदलाई सुम्पिई, मौजूदा संविधानलाई कृयाशील वनाई, राख्न रत्नपार्क केन्द्रित आन्दोलनको आवाज नसुनेका र आफ्नै ताल र चालले देश दौडाहामा हिडेका राजालाई गद्दी च्यूत गराई छोड्ने युवाहरुको दवाव थेग्न धौधौ परिरहेको अवस्था उत्पन्न भइराखेको थियो । यस्तो चौतर्फी संकटापन्न नवमहाराजलाई कश्मीरका पूर्व महाराजा कर्ण सिंह मार्फत पुनः भनौं वा अन्तिम पटक” “भूटानको स्थान, मान स्वीकारे सकृय राजतन्त्र नै कायम राखिदिने, नभए गणतन्त्र छिटै स्थापित हुने” सन्देश दिल्ली दरवारबाट आयो । त्यसबेलासम्म नेपाली काँग्रेसको एउटा खेमा र ने.क.पा. एमाले भित्रको एउटा सशक्त धारा “गणतन्त्र”को पक्षमा थियो ।

तर पार्टीभित्र आफ्नो गूटलाई सुदृढ र सशक्त बनाई, नेतृत्व हत्याउने षाड्यन्त्रिक खेलको तानावाना बुन्दै, आफ्ना शुण्ड, मुशुण्ड र उदण्ड उग्रवादी ठेट्नाहरुलाई कोठा र चोटामा भेला गर्दै, सडक संघर्षमा उत्रिएका आफ्नो पाटीका नेता कार्यकर्ताहरुको उपहास र खिसी उडाँउदै “हाम्रा केही मित्रहरु वयल गाडामा चढेर अमेरिका पुग्ने दुस्प्रयास गर्दैछन् छन्, “ हा हा हाऽऽऽ” गर्दै रहेछन् के.पी. ओली । सवैजस्तो आफ्ना संचार माध्यम र कार्यकर्तालाई आन्दोलन विरुद्ध उत्रिनू” उर्दी जारी गर्दै हुनुहुँदो रहेछ ।

२०६३ साल वैशाख ११ गते राजाले आफ्नो अहं र दम्भको हतियार सात संसदवादी सामु राखेर आत्मसमर्पण गरे । पुनःस्थापित संसदले झण्डै ‘चाल्र्स प्रथमलाई सन् १६४८ मा ह्वाइटहलमा ल्याएर जसरी शिरच्छेदन गरेको थियो झण्डै त्यस्तै घटनाको पुनरावृत्ति गरेन । शान्तिपूर्ण सम्मान र सौम्यता पूर्वक महाराजा लाई “शीरपोश राज्यलाई बुझाएर रानीवनतिर लाग्ने” आदेश दियो । संविधानसभाको निर्वाचन भयो । बाहिर एकीकृतभित्र पृथक्कीभूत भए गरिएको एमालेले अपेक्षित सफलता प्राप्त गर्न त सकेन नै । पार्टीलाई दर्जनौं पटकका दुर्घटना र संकटबाट कुशलता पूर्वक हाँक्दै गरेका कमाण्डर (महासचिव) स्वयं पनि पराजित हुनु भएको आघात व्यहोर्नुप¥यो । त्यो पराजयको जिम्मेदारी यद्यपि सामूहिक नेतृत्वले लिनुपर्ने थियो । तथापि झण्डै डेढ दशकदेखि महासचिवको भारी बोक्दै आउनुभएका माधवकुमार नेपालले नै आफ्नो नैतिकता बोध गर्दै पदत्याग गरिदिनु भयो । त्यसपछि के.पी.जी.लाई भाग्योदय चिठ्ठा परे जस्तो भएछ ।

मैले नियालेका के.पी. ओली

२०७२ सालमा नेपाली जनताले निर्वाचित गरेको संविधानसभाले” नेपालको संविधान जारी गर्दा दिल्लीलाई “आफूलाई नबक्साई जारी गरेको” लागेछ । उपमहादेशको हैकमवादी, नवउपनिवेशवादी, प्रभूत्ववादी र ठालूवादी वलशाली देशले नेपालमाथि नाकावन्दी गरिदियो । तत्कालीन शासन सत्ता नियन्ता के.पी.ओलीले दिल्ली दरवारसामु घुँडा टेक्नु भन्दा बेजिङलाई भनेर उत्तरी नाकाहरु खोल्ने र वैकल्पिक सामुद्रिक बाटो प्रयोग गर्नेतिर लागे । त्यसबेलाको त्यो राष्ट्रिय स्वाभिमान, स्वाधीनता, अदम्यतावादी अडान एवं उत्तरपन्थी रुझानले के.पी.लाई “कट्टर राष्ट्रवादी” देखायो ।

पार्टी नवौ महाधिवेशनबाट नेकपा एमालेका अध्यक्षमा निर्वाचित हुनुभयो । २०७४ सालमा २७५ सदस्यीय प्रतिनिधिसम्मा १२१ सीटमा विजय हाँसिल गरी २०७५ जेठ ३ गते ५३ सीट सहितको माओवादी केन्द्रसितको एकीकरणपछि झण्डै दुई तिहाई बहुमत सहितको जननिर्वाचित कम्युनिष्ट पार्टीको सरकारको नेतृत्व गर्ने ऐतिहासिक अवसर प्राप्त भयो । मधेशवादी पार्टीका २०–२१ सांसद सहित उपेन्द्र यादवको समर्थन र सरकारमा सहभागितापछि के.पी. ओलीमा” रोमानियाका चाउसेस्कू, जर्मनीका एडोल्फ हिट्लर नमालूम कसकसको भूत सवार भयो ? पार्टी र देशको शासन सत्ता आफू एक्लैले स्वेच्छ्या हाँक्ने, त्यसमा कसैले हस्तक्षेप मात्रै होइन, राय सुझाव दिए चासो, जिज्ञाषा राखे अवाञ्छित र निषेधित ठान्ने शैली स्वभाव, प्रवृत्ति, अस्वभाविक रुपमा जाग्दै आयो ।

“शक्ति र सत्ताले व्यक्तिलाई भ्रष्ट बनाउँछ, सर्वाधिक शक्तिले परम भ्रष्ट” भन्ने उक्तिलाई ओलीजीले सत्य सावित गर्ने बाटो लिनुभयो । आफ्नो अधीन र मुठ्ठीको राष्ट्रपति, दुईतिहाई सांसदहरुको साथ–सहयोग संसद, पाएपछि र सार्वभौम सत्ता र शक्तिका अधिनियन्ता बनेपछि “संविधान, पार्टी र राज्य संचालनका विधि, पद्धति, मूल्य– मान्यता, परम्पराकोे आफूले ससम्मान पालना गर्नुपर्ने ठान्नु होइन भन्ने थाल्नु भयो । २०१९ को संविधानले “राज्यका शक्तिको श्रोत श्री ५ हुने, र मौसूफ संविधानको अधीन नभई मौसूफका स्वविवेक र स्वच्छका अधीन संविधान हुने “जुन व्यवस्था गरेको थियो, त्यही प्रावधानलाई जस्ताको त्यस्तै पुनस्थापित गर्ने चाहना के.पी. ओलीजीमा प्रवल भएर आयो ।

त्यही र त्यस्तै आत्मघाती चिन्तन, प्रभूवादी सोच र भृत्य प्रवृत्तिका भजन मण्डलीले के.पी.ओलीलाई चरम भ्रष्ट बनायो । माफिया, कमिशन एजेण्ट, सर्वव्यापी संघाधिपत्यवादी (सिण्डिकेटिस्ट)हरुका संरक्षक र सरदार बनायो । संपूर्ण संवैधानिक प्रशासनिक र सुरक्षा निकायमा “सेटिङ्ग” को अभ्यास गर्नुभयो । शासन प्रशासनको नम्र्सलाई खरानी बनाउनु भयो । त्यही गलत सोचाई र समूहले बहकाएकोले होला । के.पी.जी लाई “नवसम्राटको स्थान र मानमा विराजमान” भएको वोध भयो ।

अर्काेतिर आफूलाई विधि, पद्धति र पार्टी एवं राज्यका अनतिक्रम्य नियम, कानूनका पाठ सिकाउने आफ्ना गुरु, पथप्रदर्शक, अग्रज, सहयोद्धा, समकक्षी, शुभेच्छुकहरुलाई आफ्नो नजरबाट मात्र होइन, बालुवाटारबाटै निस्काशन गरी “प्रवेश निषेध” गर्ने भस्मासुरे विशनाशकालीन दुर्वुद्धिले ग्रस्त हुनुभयो । आफू र पार्टीलाई अँध्यारो सुरुङ्गभित्र पु¥याई रहेको ज्ञान भएन ।

जसको परिणाम सर्वाेच्च सार्वभौम जननिर्वाचित प्रतिनिधिसभाको अस्तित्व, अस्मिता र गरिमामाथि पटक पटक बलात्कार गर्न पुग्नुभयो । पुनजीर्वित भएपछि पनि कृयाशील हुन दिनुभएन । जनवादी–केन्द्रीयतावादी, संघर्षशील वामपन्थी एमालेलाई कठमुल्लावादी रामपन्थी वनाउनुभयो । भूकम्प र बाढीको चपेटामा परेर गास–वास– कपास विहिन लाखौ नेपालीको करुणामय कहानी र आर्तनाद नसुनी पशुपतिनाथमा सुनको जलहरी चढाउने सनकको शिकार हुनुभयो । १०८ किलो सुन किनेर १० प्रतिशत करिब (११ किलो) तिरिमिरी झ्याई पार्न लगाउनुभयो ।

आफू (के.पी. ओली) लाई देवत्वकरण गरी खाँटी पादपूजक बनेका दास, भृत्य मण्डलीहरु र अन्धभक्त समूहलाई नै “ने.क.पा. एमाले” भन्ने असामान्य अवोध्य बाटो समाउँदै नारायणी र सौराहातिर पुग्नुभयो । आफ्ना अग्रज, प्रतिस्पर्धी वरीष्ठ नेता माधव नेपाल, झलनाथ खनालहरु जस्तालाई बालुवाटारबाट निकाल्न र पार्टी फुटाउन प्रयोग गरिएका भीम रावल, घनश्याम भूसाल, भीम आचार्यहरुबाट के कस्तो खतरा देख्नुभयो ? उतै (सौराहा क्याम्पमा) “घर न घाटको” बेवारिसे बनाई फर्किनु भयो ।

तर आफूलाई आफ्ना भजने–भोजने खुशामदी समूह, षण्ड–मुषण्ड–उदण्ड–ग्याङ र ओम्नी समूह, हिमालयन एयर कम्पनी भट्ट बन्धु र सामन्त, कुमार, अग्रवाल, भट्टहरुले “अद्वितीय साहसी, सफल, सर्वविजयी, सर्वमान्य, महान्, नेता”का विरुदावलीयुक्त वनाई “इम्पेरर्स न्यू ल्कथ” कथाको नायक बनाई रहेको भने सायद धेरैपछि मात्र थाहा पाउने, हुनुभयो । तर, अहिले एक तिहाईको हाराहारीतिर झरे पनि “दुई तिहाईको बहुमतले छाने–मानेको धेरैअघिको प्रधानमन्त्री हुँ भन्ने धङघडीबाट भने मुक्त हुन सक्नु भएको देखिएन । एक रहस्यमय व्यक्तिको रुपमा देखियो । यस्तो व्यक्तिलाई रहस्यमय व्यक्तित्व भएको एक नेता भनियो” भने संभवत गलत नहोला !

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button