राजनीति

कांग्रेस बागमतीको पदाधिकारीको नतिजा सार्वजनिक, प्रदेश १ मा उद्धब थापा

गत शनिबार सम्पन्न भएको नेपाली कांग्रेस बागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक गरिएको छ । सभापतिमा  ईन्द्रबहादुर बानियाँ विजयी हुनुभएको छ । उपसभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी हुनुभएको छ ।

कांग्रेस

सोमबार राति सम्पन्न मतगणनाअनुसार बस्नेत र महर्जन क्रमशः एक हजार ५९ र एक हजार ३७ मतसहित उपसभापतिमा विजयी हुनुभएको हो । उक्त पदका लागि उम्मेदवारी दिएका निकटम प्रतिद्वन्द्वी धर्मराम गौतम एक हजार चार र राजेन्द्रप्रसाद बुर्लाकोटी ८३९ मतसहित पराजित हुनुभएको छ ।

यसैगरी, महामन्त्रीमा कन्चन चन्द्र बादे र राजु श्रेष्ठ विजयी हुनुभएको छ । सो पदका लागि माइकल रामचन्द्र अर्याल, तिलकप्रसाद रुवारी, गौरीप्रसाद दवाडी र सुरेश श्रेष्ठको उम्मेदवारी परेको थियो । यस्तै महिलातर्फकोे सहमहामन्त्रीमा जीवन डङ्गोल विजयी हुनुभएको छ । जसमा निर्मला बस्ताकोटी (निरु खड्का) र मोतीमाया तामाङको उम्मेदवारी थियो ।

यसैगरी खुल्लातर्फको सहमहामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी हुनुभएको छ उक्त पदका लागि सात जनाको उम्मेदवारी परेको थियो । जसमा बिरबहादुर तामाङ, महेन्द्र थिङ, राजकुमार पाठक, जगन्नाथ धिमाल र जयनारायण सापकोटा मतसहित पराजित हुनुभएको छ ।

यसै गरी स प्रदेश नं १ का सभापति पदमा उद्धव थापा निर्वाचित हुनुभएको छ । हालै सम्पन्न अधिवेशनमा १४ जना सदस्य निर्वाचित हुनुभएको छ । निर्वाचित हुने सदस्यमा बिमल आचार्य, भूमिराज राई, हुकुमसिंह राई, राजकुमार बराइली, रेगिना भट्टराई, चन्द्रकुमारी खड्का, प्रकाश कार्की, टेकबुहादुर खुजुम लिम्बू, फुलवति राजवंशी, शोभा श्रेष्ठ, मीरा खड्का र किरण भट्टराई निर्वाचित भएको पार्टीका जिल्ला सचिव कृष्ण हुमागाईंले बताउनुभयो ।

“सभापतिसहित धेरै नै सदस्य झापाबाट आउनुभयो प्रदेशमा” उहाँले भन्नुभयो,“अब जिल्लाबाट एक जना केन्द्रीय महामन्त्रीसहित सातजना सदस्यको उम्मेद्वारी तय भएको छ केन्द्रीय महाधिवेशनमा । सबै जितिन्छ भन्ने आशा छ ।”

उहाँका अनुसार जिल्लाबाट महामन्त्रीमा विश्वप्रकाश शर्माले र सदस्यमा सुधीर शिवाकोटी, महेन्द्र सुब्बालगायत सात जनाले उम्मेद्वारी दिने तयारी गर्नुभएको बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.