विश्व समाचारस्वास्थ्य

अफ्रिकामा एमपक्सको महामारी, एक हजार दुई सयजनाको मृत्यु

अफ्रिकामा चलिरहेको एमपक्स प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या १२ सय पुगेको छ । यो वर्ष अहिलेसम्म रेकर्ड गरिएका मामिलाहरूको सङ्ख्या ६२ हजार नाघेको छ ।

मङ्कीपक्स

अफ्रिका सीडीसीका महानिर्देशक जीन क्यासियाले भन्नुभयो,“वर्षको सुरुदेखि २० अफ्रिकी देशहरूमा ६२ हजार १७१ एमपक्स मामिलाहरू रिपोर्ट गरिएको छ, जसमध्ये १३ हजार ५७९ पुष्टि भएको र मर्नेहरूको सङ्ख्या बढेर १२ सय पुगेको छ ।”

अफ्रिकी युनियनको विशेष स्वास्थ्य सेवा एजेन्सीले गत हप्ता मात्र अफ्रिकी महाद्वीपमा दुई हजार ७०८ नयाँ केसहरू रेकर्ड गरिएको जनाएको छ, जसमा ५६५ पुष्टि भएका घटनाहरू र ३६ मृत्युहरू छन् ।

कासियाले थप्नुभयो, “यदि हामीले जनवरीको पहिलो हप्तालाई नोभेम्बर सन् २०२३ को अन्तिम हप्तासँग तुलना गर्ने हो भने हामीसँग ७१६ प्रतिशतले वृद्धि भएको छ । यदि हामीले यो प्रवृत्तिलाई निरन्तरता दियौं भने, सन् २०२४ को अन्त्यसम्ममा हामीसँग केसहरूमा ८०० प्रतिशत भन्दा बढी वृद्धि हुनेछ । काभिड–१९ महामारी पछि एमपक्स अफ्रिकाले सामना गरिरहेको सबैभन्दा ठूलो प्रकोप हो ।”

एमपक्स पहिलो पटक सन् १९५८ मा भेटिएको थियो । यो एक दुर्लभ भाइरल रोग हो, जुन सामान्यतया शरीरको तरल पदार्थ, श्वासप्रश्वासको थोपा र अन्य दूषित पदार्थहरू मार्फत फैलिन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.