राजनीति

नेपाली कांग्रेसका सांसदहरु संसद पुनःस्थापनाको माग लिएर सर्वोच्चमा

नेपाली कांग्रेसका सांसदहरुले संसद पुनःस्थापनाका लागि सर्वोच्च अदालत गएका छन् । आइतबार कांग्रेसका निवर्तमान सात सांसदको वारेस सहित पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती सर्वोच्च जानुभएको हो ।

कांग्रेस निवर्तमान प्रमुख सचेतक श्याम घिमिरे, सचेतक सुशीला थिङ, सांसदहरू नागिना यादव, दीपक खड्का, जाबेदा खातुन र शान्ति विकको रिट बोकेर खाती सर्वोच्च अदालत जानुभएको हो ।

नेपाली कांग्रेस संसद पुनःस्थापनाको पक्षमा खासै चासो नदिइरहेका बेला सात पूवृ सांसदको रिट व्यक्तिगत हो कि दलगत भन्ने स्पष्ट छैन । पूर्व सांसद यादवले संसद विघटन भएपछि पार्टी होइन हामी पीडित भएको र अदालतले पीडित आउनुपर्ने भनेको हुँदा गएको बताउनुभयो ।

यादवले संसद्‌ पुनर्स्थापनाको पक्षमा ४५ जनाले हस्ताक्षर गरिसकेको दाबी गर्दै हाल ७ जना मात्रै अदालत गएको र अन्य सांसदहरू पनि रहेको बताउनुभयो ।

संचारकर्मीहरुसंग यादवले संसद विघटनलाई पार्टीले असंवैधानिक भनिसकेको हुँदा अदालत जान सजिलो भएको बताउँदै अदालत जान भनेर पार्टीले निर्णय भने नगरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.