राजनीति
बालुवाटारमा सुरु भयो सर्वदलीय बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । बैठक विहान ११ बजेबाट सुरु भएको बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहेको बुझिएको छ ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री ओलीले जानकारी दिने बताइएको छ तापनि नेपाल म्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद बढिरहेका बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो। ‘यो बेला बेला हुँदै आएको हो । प्रधानमन्त्रीले समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको हो ।
त्यस्तै बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्