रायमाझीको कल्की अवतारमा समर्पित भजन (भिडियोसहित)
वैदिक सनातन धर्मावलम्बीहरु अवतारमा पूर्णतः विश्वास गर्छन् । “जबजब पृथ्वीमा धर्मको नास हुन्छ तव धर्म स्थापना र मानव कल्याणका लागि मेरो जन्म हुन्छ” भनेर भागवत गीतामा श्रीकृष्णले उद्घोषण गर्नुभएको छ ।
पृथ्वीमा हिंसा, अन्याय, अत्याचार र पाप बढेपछि त्यसको अन्तयको लागि भगवानको अवतार भएको र भविष्यमा पनि हुने वर्णन गरिएको छ । चार युग (सत्य, त्रेता, द्वापर र कली)को यो अवधिमा भगवानको १० अवतार भैसकेको छ भने ११ औं अवतारका रुपमा कल्की अवतारलाई लिइएको छ ।
कलियुगमा पापको सीमा नाघेपछि विश्वमा दुष्टहरूको संहार गर्नको लागि कल्की अवतार प्रकट हुने पुराणहरुमा वर्णित छ । कल्की अवतार कलियुगको अन्तको लागि हुन्छ । यिनै कल्की भगवानमा समर्पित भएर शिक्षासेवी, अध्यात्म चिन्तक रीता रायमाझीले आफ्नै शब्द, संगीत र स्वरमा भजन तयार गर्नुभएको ।
जब कलियुगमा मानिसहरूले धर्मको अनुसरण गर्न बन्द गरी दिन्छ तब यो अवतार हुन्छ । यसअघि मत्स्य अवतार, कूर्म अवतार , बराह अवतार, नृसिँह अवतार, वामन अवतार, परशुराम अवतार, श्रीराम अवतार, कृष्ण अवतार, बुद्ध अवतार भैसकेको छ भने भविष्यमा हुने अवतारलाई कल्की अवतार भनी घोषणा गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्