जापान

प्रधानमन्त्री सुगाद्वारा थप ७०० अर्ब डलरको आर्थिक प्याकेज घोषणा

जापानका प्रधानमन्त्री योसिहिदे सुगाले कोरोनाभाइरसका कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नेगरी मंगलबार थप आर्थिक प्याकेजको घोषणा गर्नु भएको छ । प्रधानमन्त्री सुगाले घोाणा गर्नुभएको नयाँ आर्थिक प्याकेजलाई मन्त्रिपरिषदको बैठकले अनुमोदन गर्नेछ ।

सरकार र सत्तारुढ पार्टीको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री सुगाले रोजगारी कायम राख्ने, व्यवसायलाई निरन्तरता दिने, अर्थव्यवस्थालाई पुनर्जीवित तुल्याउने तथा हरित एवं डिजिटल प्रविधि लगायतको विकासको ढोका खोलिने बताउनुभयो ।

उहाँले सरकारले अघि सार्न लागेको आर्थिक प्याकेज ७०७ अर्ब अमेरिकी डलरको हुने जानकारी दिनुभयो । यस आर्थिक प्याकेजबाट कोभिड–१९ महामारीबाट सिर्जित नकारात्मक आर्थिक प्रभावलाई कम गर्न सहयोग पुग्ने प्रधानमन्त्री सुगाले विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित खबर

Back to top button